बागलुङमा ३७ वर्षिय संक्रमित पुरुषको मृत्यु


–आदर्श अनलाईन, बागलुङ
बागलुङमा आज बिहान ३७ वर्षिय कोरोना सक्रमितको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ३७ वर्षिय पुरुषको उपचारको क्रममा निधन भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।

स्वासप्रस्वासमा समस्या रहेको उहाँलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो । “उहाँ भर्ना हुँदा आउदै अक्सिजनको मात्र निकै कम थियो, फोक्सोमा गहिरो समस्या थियो” डा. पोखरेलले भन्नुभयो । उहाँ केही दिन होम आइसोलेसनमा बसेर जटिल अवस्था आएपछि अस्पतालमा भर्ना हुनुभएको थियो । बागलुङमा मृत्यु हुने कोरोना सक्रमितको संखया ११ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *