बाेक्से खाल्डाेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति करिब ११ः५५ मा काठेखोला गाउँपालिकाको अक्षेतेदेखि बागलुङ बजार आउँदै गरेको ध १ त ४७१२ नम्बरको ट्याक्टर बोक्सेमा दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ७ मुनाका २९ वर्षीय केस पुन मगरको मृत्यु भएको भण्डारीको भनाई छ ।

ट्याक्टरमा दुई जना सवार रहेकोमा सहचालक भने सकुशल छन् । ट्याक्टर बोक्से खाल्डेदेखि करिब १ सय ५० मिटर तल खसेको बताइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *