मुस्ताङको छैरोमा हिमचितुवा आतंक

सुन्दरकुमार थकाली, मुस्ताङ
पछिल्लो समय हिमचितुवा आंतकले मुस्ताङका पशुपालक किसानलाई सास्ती दिन थालेको छ । रातीको समय हिमचितुवा खोरमै पसेर भेडा/च्याङ्ग्रा मार्न थालेपछि मुस्ताङका किसान चिन्तित बनेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको संरक्षितक्षेत्र अन्र्तगत मुस्ताङको घरपझोङ गाउँपालिका—१ छैरोमा २ दिनको फेरोमा ५ वटा भेडा/च्याङ्ग्रा हिमचितुवाले मारेको स्थानीय भीमबहादुर रसाईलीले जानकारी दिनुभयो । उहँको अनुसार गत शनिबार स्थानीय सुमन तामाङको ३ वटा र गत सोमबार इन्द्रबहादुर रसाईलीको २ वटा भेडा/च्याङ्ग्रा हिमचितुवाले मारेको हो ।

मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्रको निलगिरी हिमालको आधार शिविर आसपास मुख्य बासस्थान रहेका हिमचितुवाको पटक÷पटकको आक्रमणले स्थानीय पशुपालक किसानको पुख्यौली पशुपालन व्यवसाय संकटमा पर्न थालेको हो ।

यस अघि गत असार महिनामा मुस्ताङको घरपझोङ—५ ठिनी गाउँमा दर्जनौं भेडा/च्याङग्रा हिमचितुवा खोर भित्र पसेर मारेको थियो । स्थानीय च्याङबहादुर थकालीका अनुसार त्यस समय उनको ११ वटा भेडा/च्याङग्रा र उनीसंगै ठिनीका स्थानीय भीमकुमार थकालीको ८ वटा र पलडिसी थकालीको ५ वटा, दलित समुदायको ६ वटा र जमुना थापा मगरको २ वटा भेडा÷च्याङग्रा हिमचितुवाले मारेको थियो । हिमचितुवाले दिनुह पशुपालक किसानको पशुचौपाय मार्न थालेपछि स्थानीय आंतकित बनेको स्थानीय रसाईलीले उल्लेख गरे ।

उनले हिमचितुवाको जोखिमबाट पशुचौपायालाई सुरक्षित राख्न अन्नपूर्ण संरक्षणक्षेत्र तथा स्थानीय तहले आवश्यक उपकरणको व्यवस्था गर्नुपर्ने सुझाए । स्थानीय रसाईलीले विपन्न पशुपालकमा भएको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरोकारवाला निकायलाई आग्रह समेत गरे ।

हिमाली जिल्ला मुस्ताङको मुख्य आम्दानीको श्रोतको रुपमा रहेको पशुपालन व्यवसाय यहाका किसानको जिविकोपार्जनको माध्यम बनेको छ ।मुस्ताङका ५ वटै स्थानीय तहका पशुपालन किसानले पशुपालन व्यवसाय गर्दैआईरहेका छन् ।जिल्लाका ४० प्रतिशत स्थानीयले ५० देखि ५ सय भन्दा संख्यामा पशुपालन गरेको पाईएको छ ।

बर्सेनि हिउदयामको मौसममा हिमपात र अत्यधिक चिसो बढेपछि हिमचितुवा बस्ती नजिक झर्ने गरेको र गर्मीयामको मौसममा तापक्रम बढेपछि हिमचितुवा उकालो उक्लन्छन् । हिमचितुवाको बस्ती सरेझै पशुपालक किसानले पनि जाडोमा चौपाया बस्तीमा र गर्मी बढेपछि लेकको गोठमा स्तान्तरण गर्छन् ।

मुस्ताङ जिल्ला जैविक विविधता संरक्षण गर्नका लागि नेपाल सरकार तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाले हिमाली क्षेत्रका वन्यजन्तु संरक्षणमा योगदान दिदै आईरहेको छ । तर ,संरक्षितमा रहेको हिमचितुवाले पटक/पटक आक्रमण गरी स्थानीयलाई दुःख दिदा मानव समुदाय र हिमचितुवाबीच द्धन्द बढेको हो । हिमचितुवाले याकचौरी समेत मार्ने गरेको पाईएको छ । हिमचितुवाको दिर्घकालिन समस्या समाधान गर्न एक्यापले बैज्ञानिक उपाय अवलम्वन गर्नुपर्ने स्थानीयको माग छ ।

मुस्ताङको अन्नपूर्णक्षेत्रको घरपझोङ ५ र १ को लेकमा बिज्ञहरुले उपकरणको सहायताले हिमचितुवाको सर्वेक्षण गर्दा ४ वटा हिमचितुवा रहेको जनाईएको थियो । यो तथ्याङ्क २०७० साल अघिको हिमचितुवा गणनाको रेकर्ड हो । हिमचितुवाको प्रजनन् बढेमा यो संख्या दोब्बर हुने अनुमान स्थानीयको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *