बागलुङ नगरपालिकाको आठौँ नगरसभा शुरु, वातावरणीय विधेयक प्रस्तुत

आदर्श अनलाइ, बागलुङ
बागलुङ नगरपालिकाको आठौं नगरसभा बुधबारबाट सुरु भएको छ । हिउँदे (विधेयक) सभाका रुपमा लिईने नगरसभामा प्राकृति स्रोत तथा वातावरण संरक्षण सम्बन्धमा व्यवस्थामा गर्न बनेको विधेयक २०७७ प्रस्तुत गरिएको छ ।

प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन बनाउनका लागि बिधायन समितिले बिधेयक नगरसभामा प्रस्तुत गरेको छ । समितिका संयोजक तथा वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले विधेयक आठौ नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।

No description available.

त्यस्तै हिउँदे सभामा बजेट र करमा संसोधन प्रस्तुत भएको छ । उपप्रमुख सुरेन्द्र खड्काले उक्त प्रस्ताव पेश गर्नुभएको थियो ।

आठौं नगरसभाको आगमी बैठक माघ ९ गतेका लागि बस्नेगरी स्थगन गरीएको सूचना अधिकारी युक्त प्रसाद सुवेदीले जानकारी दिनुभयो । आठौं नगरसभा रु. ३ करोड २९ लाख बजेट समायोजन गरिएको छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *