लामिचौरमा लिफ्ट खानेपानी आयोजनाको शिलान्यास


–आदर्श अनलाइन, बागलुङ
लामो समयदेखि खानेपानीको संकट भोग्दै आएको सिगानाको लामिचौरमा लिफ्ट मार्फत खानेपानी पु¥याइने भएको छ । लामो समयदेखि मुहान अभावमा शुरु हुन नसकेको खानेपानी आयोजना अन्तत लिफ्ट मार्फत काठेखोला गाउँपालिकाको पानी लामिचौर गाउँमा पु¥याउनेगरी विहिबार शिलान्यास गरिएको छ ।

बागलुङ नगरपालिका–८ सिगानाकोे लामाचौरमा लिफ्ट मार्फत खानेपानी पु¥याउन नगर प्रमुख जनकराज पौडेलले शिलान्यास गर्नुभयो । उहाँले बागलुङ नगर भित्र मापनीको राजनीति अन्त्य गर्ने बताउनुभयो । उहाँले धेरैपटक नगरका सुख्खा ग्रस्त क्षेत्रमा पानी खुवाउने भन्दै भाटमागेपनी अहिले सम्म पानी खुवाउन नसेको भन्दै आफ्नो कार्यकालमा नगरको अधिकां घरमा एक घर एक धारा पु¥याउने गरी काम भइरहेको बताउनुभयो । गाउँभन्दा ८ सय मिटर तल खोल्साको पानी लिफ्टि प्रबिधि मार्फत लामाचौरमा पु¥याएर एक घर एक धारामा जितरण गरिने छ । काठेखोला गाउँपालिका–७ रेशमा पर्ने मुहान स्थानीयले दिएपछी चारवर्षपछि आयोजना अगाढी बढेको हो ।
लामाचौर सायकोट खानेपानी उपभोक्ता समितिले मुहानको व्यवस्था मिलाएपछि योजनाको काम सुरु भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको आयोजना भएपनि आयोजना सफल पार्न नगरपालिकाले समन्वय गरेको हो । आयोजनास्थलसम्म सडक पु¥याउन बागलुङ नगरपालिकाले रु. चार लाख खर्च गरिसकेको छ । मुहानबाट २ सय ५० मिटर हावामा र ८ सय मिटर मैदानमा पर्ने उच्च भागमा पानी पु¥याईने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका इञ्जिनियर इश्वरी सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मुहानमा सानो ट्याङ्की बनाएर ७.५ एचपिको मोटरले मुख्य ट्याङ्कीमा पानी तानिने छ ।

मुख्य ट्याङ्कीबाट ८ सय मिटर माथी पु¥याउनकालागि २५ एचपीको मोटर प्रयोग हुने छ । २.५ इन्चको पाईपमा प्रतिसेकेण्ड २ लिटर पानी तान्ने योजना रहेको सुवेदीको भनाई रहेको छ र ६ घण्टा पानी तान्दा लामीचौरका १ सय ८० घरमा पानी प्रसस्त पुग्ने छ । ५० हजार लिटरको एक, २० हजार लिटरको तीन र ३० हजार लिटरको एक ट्याङ्की बनाउने योजना स्टमेट छ । चालु आर्थिक बर्षमा प्रदेश सरकारले १२ लाख रुपैयाँ बिनियोजन गरेको छ । क्रमागत योजना भएकाले बजेट र स्टमेट बन्दै जानेछन् । पानीको अभावका कारण यहाँका स्थानीयले सरकासफाई र तरकारी खेतीकालागि समेत सास्ती भोग्दै आएका थिए । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर कार्कीको अध्यक्षता, वडा अध्यक्ष राजन जिसीको स्वागत र भद्र बहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *