गलकोट नगरपालिका २ का ६ घरमा तोडफोड

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर २ का ६ घरमा तोडफोड भएको छ ।

गलकोट नगरपालिका वडा नम्बर २ बुङ्खानी र थानाका ६ घरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

बसाइसराई गरि चितवन गएका नारायण गैरे, चित्र गैरे, मोतिलाल गैरे, खिनाराम गैरे, र जापान बस्ने ताराप्रसाद गैरेको घरमा तोडफोड भएको भण्डारीले बताउनुभयो ।

खाली घर टोडफोट हुँदा के कति क्षति भयो भन्ने यकिन नभएको उहाँको भनाई छ । घटनाको बारेमा अनुसन्धान भइ रहेको भण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *