सरकार विरुद्व काँग्रेसद्धारा ८५ वटै वडामा विरोध प्रदर्शन

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसले बिहीबार बागलुङका ८५ वटै वडामा विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनका विरुद्धमा देशव्यापी कार्यक्रम अनुसार ८५ वटै वडामा विरोध प्रदर्शन र सभा गरिएको नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र थापाले बताउनुभयो ।

विरोध प्रर्दशन र सभामा नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीका कारण देश दुर्घटना तर्फ जाने खतरा भएकाले सबै एकतावद्ध हुनुपर्ने बताएका छन् । उनीहरुले कांग्रेसले संसद पुर्नस्थापना भए पनि र कथमकदाचित निर्वाचनमा जाने निर्णय भए पनि दुवै पक्षको स्वागत गर्ने बताएका थिए । कम्युनिष्टहरुले संविधान मिच्ने काम गरेको भन्दै नेकपा भित्रकै किचलोका कारण संविधानलाई धरापमा पारेको कांग्रेस नेता, कार्यकर्ताको आरोप थियो ।

स्थापनाकालदेखि बहुदलीय संसदीय लोकतान्त्रिक राज्य व्यवस्थाको स्थापना र विकासमा क्रियाशील रहँदै आएको काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र त्यसलाई सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध देशभर प्रदर्शन गरेको हो ।

केन्द्रीय कार्यक्रम अनुसार नै तय गरिएको कार्यक्रममा सवै वडामा जिल्ला तहबाट प्रतिनिधि खटाइएको काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले बताउनुभयो । काँग्रेसले पुर्व पार्टी सभापति मणिभद्र शर्मा कंडेललाई काठेखोला ८ लेखानी, हरिप्रसाद श्रेष्ठलाई बानपा ३, प्रकाश शर्मा पौडेललाई जैमिनी नगरपालिका–१ कुश्मिसेरा, जिल्ला सचिव नवराज पौडेलाई जैमिनी ८ छिस्ती खटाएको थियो । यसैगरी अन्य जिल्ला स्तरीय नेता र क्षेत्रीय समिति, भातृ एवम् शुभेच्छुक संस्थाका प्रमुखलाई पनि प्रतिनिधिको रुपमा खटाएको थियो ।

संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत हुन सवै वडा तहमा आग्रह गरिएको थापाले बताउनुभयो ।

जिल्लाका सवै वडामा जिल्ला तहका नेता, कार्यकर्ता सँगै सरकारको विरोधमा उत्रिएका थिए । बागलुङ नगरपालिका वडा नम्बर १२ मा भएको विरोध सभामा तरुण दलका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु, काँग्रेसका क्षेत्रीय सह–सचिव गोविन्द बहादुर पौडेल गोपाल, महिला संघका नेतृ मिना बिसी लगायत बोलेका थिए । कार्यक्रम अमलाचौरका सभापति कोपिलामणी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा भएको विरोध सभामा भूपू सैनिक संघका जिल्ला अध्यक्ष क्या. हरिबहादुर भण्डारी, क्षेत्रीय सदस्य नरेन्द्र भण्डारी लगायतले बोलेका थिए । कार्यक्रम धम्जाका सभापति महेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा भएको कार्यक्रममा क्षेत्रीय सभापति नारायण शर्मा पौडेलले सम्बोधन गरेका थिए । उनले जनताले नै चुनेर पठाएका प्रतिनिधिबाट निर्माण गरिएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुल्चने काम गरेको बताउनुभयो ।

कार्यक्रममा टे«ड युनियन काँग्रेसका अध्यक्ष रामप्रसाद अधिकारी, काँग्रेसका क्षेत्रीय सदस्य सुमन भुषाल, नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्री, पुर्व पार्टी सभापति कृष्णबहादुर खत्री लगायतले बोलेका थिए । कार्यक्रम पार्टी सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता, नारायण श्रेष्ठको संचालनमा सम्पन भएको थियो ।

बागलुङ नगरपालिका–२ मा भएको सभालाई काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्यले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम नविन श्रेष्ठको अध्यक्षता, डिल्ली गौतमको स्वागत र गणेश लम्सालको संचालनमा सम्पन्न भएको थियो । सरकारको असंबैधानिक संसद बिघटनको कदमका बिरुद्ध गलकोट नगरपालिका–१० पाण्डबखानीमा नेपाली काँग्रेस वडा कार्य समितिले बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीका सभापति देवराज पुनको अध्यक्षता सम्पन्न विरोध सभामा काँग्रेसका जिल्ला सदस्य रामप्रसाद विक र बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ती मगरले संविधानको रक्षा गर्न सम्पूर्ण नागरिक एक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व महाधिवेशन प्रतिनिधि राधिका पुन, नेपाल विद्यार्थी संघ पाण्डवखानीका पुर्व अध्यक्ष कमल श्रीस, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल, भुतपुर्व सैनिक संघ, महिला प्रतिनिधि, नेपाल तरुण दलका प्रतिनिधि, मानसिंह छन्त्याल, पुर्व गाविस अध्यक्ष याम काउचा लगाएतले मन्तव्य राख्नुभएको थियो । पार्टीका सहसचिव दिप घर्तिको स्वागत र ज्ञान श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी बागलुङ नगरपालिका–१३ पैयुँपाटामा पनि विरोध सभा सम्पन्न भएको छ । पार्टी सभापति चन्द्रबहादुर खत्रीको अध्यक्षतामा भएको सभालाई महाधिवेशन प्रतिनिधि अमर कार्कीले सम्बोधन गर्नु भएको थियो ।

यस्तै ढोरपाटन नगरपालिका वडा नम्बमर ५ मा नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले सम्वोधन गर्नुभएको छ । उहाँले विरोध सभालाई सम्बोधन गर्दै वर्तमान ओली सरकारले सविधानलाई कुल्चँदै गैर कानुनी रुपमा संसद विघटन गरेर देशलाई थप दुर्घटनामा पार्न खोजेको बताउनुभयो ।

उहाँले ओलीको एकलौटी पन र अहंकारले गर्दा देशमा संकट पर्न थालेको भन्दै अब नेपाली जनता चुप लागेर बस्ने अवस्था नभएको बताउनुभयो ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सागर छन्त्यालले सम्वोधन गर्नुभएको थियो । बुर्तिबाङमा नारा जुलुस सहित बजार परिक्रमा गरेर परिवर्तन चोकमा कार्यक्रम सम्पन्न गरीएको थियो । वडा नम्बर २ मा नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम शर्माले सम्बोधन गर्नुभएको थिया ।

वडा नम्बर ३ मा पुर्व जिल्ला सदस्य मेषलाल शर्मा, वडा नम्बर ४ मा जिल्ला सदस्य शैलेश घर्ती, वडा नम्बर ६ मा पूर्व महासमिति सदस्य अर्जुन शेरचनले सम्वोधन गर्नुभएको थियो । उनीहरुले वोल्दै स्थानीय तहदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार, वेतिथी र विसंगती मौलाएको आरोप लगाउँदै अब त्यसका विरुद्ध नेपाली काँग्रेसले कडाइका साथ अगाडी बताउनुभयो ।

वडा नम्बर ७ मा महादिवेशन प्रतिनिधी जीत शेरचनले सम्वोधन गर्नुभएको थियो । उहाँले बोल्दै कम्युनिष्ट सरकार जनताको सरकार नभई कमाई खाने भ्रष्चारी र दलाल नेताको पार्टी भएको बताउनुभयो ।

वडा नम्बर ८ मा महिला संघ केन्द्रीय सदस्य दिलमाया पौवी, वडा नम्बर ९ मा महादिवेशन प्रतिनिधी शोम पौवीले कार्यक्रमको सम्वोधन गरेको कांग्रेसले जनाएको छ ।

यस्तै तमानखोला गाउँपालिकाको ६ वटै वडामा विरोध सभा सम्पन्न भएको हो । जसमा वडा नम्बर १ मा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सम्वोधन गर्नुभएको थियो ।

वडा नम्बर २ मा जाल प्रसाद छन्त्याल वडा नम्बर ३ मा गिरबहादुर घर्ति, वडा नम्बर ४ मा खिमबहादुर छन्त्याल, वडा नम्बर ५ मा तेजेन्द्र रामजाली र वडा नम्बर ६ मा गाउँपालिका पार्टी सभापती खगेन्द्रमा पुनले सम्वोधन गरेका छन् ।

यसैगरी निसीखोला गाउँपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेस जिल्ला सदस्य एवम निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले कार्यक्रमको सम्वोधन गर्नुभएको थियो । उहाँले बोल्दै दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचार, अराजकता र आफनो स्वार्थमा लागेका जनताले दुख खेप्नु परेको बताउनुभयो ।

वडा नम्बर १ मा भविन्द्र बहादुर कुवँर, वडा नम्बर २ मा दिलेन्द्र बहादुर रामजाली, वडा नम्बर ३ मा इन्द्रबहादुर मल्ल, वडा नम्बर ४ मा प्रकाश कुवँर, वडा नम्बर ५ मा सोभा कुमारी कार्की, वडा नम्बर ६ मा चन्द्रमाला बुढाले कार्यक्रमको सम्वोधन गरेको कांग्रेस निसीखोलाले जनाएको छ ।

बडिगाड गाउँपालिकामा समेत प्रत्येक वडामा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ६ र ७ को कार्यक्रम सयुक्त गरिएको हो । उक्त सभालाई नेपाली काँग्रेसका नेता एवम राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष रन्जित ताम्राकारले संवोधन गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य गण्डकी थापा लगाएत नेताद्धारा सम्वोधन गर्नुभएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर १ मा नरबहादुर पटेल, वडा नम्बर २ मा अर्जुन खरेल, वडा नम्बर ३ मा लाल प्रसाद घर्ति, वडा नम्बर ४ मा अमर बहादुर श्रीस, वडा नम्बर ५ मा सरस्वती शमा , वडा नम्बर ८ मा रामप्रसाद वि.क, वडा नम्बर ९ मा पदमबहादुर विकद्धारा सम्वोधन भएको जनाइएको छ ।

बरेङ, ताराखोला र गलकोटमा पनि विरोध प्रदर्शन भएको थियो । सबै वडामा विरोध सभा सफलता पूवर्क सफल भएको कांग्रेस बागलुङका सचिव नवराज पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *