ढोरपाटनका बाढी पीडितलाई बागलुङ नगरपालिकाको पाँच लाख सहयोग

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका बाढीपीडितका लागि बागलुङ नगरपालिकाले रु.५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । नगरपालिकाले रु. पाँच लाखको चेक बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले सोमबार ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपालीलाई नगरपालीकाले सञ्चालन गरेको दैवी प्रकोप तथा राहत कोषमा जम्मा गर्नका लागि हस्तान्तरण गर्नु भएको छ ।

गत भदौ १७ गते आएको बाढीबाट ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ मा २३ जनाको मृत्यु भएको थियो भने १५ जना अझै वेपत्ता रहेका छन् । बाढीपीडितलाई राहत र पुनःस्थापनकाको लागि एक पालिकाले अर्को पालिकालाई सहयोग गर्नुपर्ने धारणा अनुसार राहत रकम हस्तान्तरण गरिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “आफ्नै जिल्ला भित्र यती ठूलो आपत आइलागेको छ, बाढीपीडितको पुनस्थापनका लागि बागलुङ नगरपालिकाको तर्फबाट सानो सहयोग गरेका हौं” नगर प्रमुख पौडेलले भन्नुभयो “सहयोग रकमले बाढीपीडितको पुनस्थापनामा केही टेवा पुग्ने छ ।”

ढोरपाटन नगरपालकाका नगर प्रमुख देव कुमार नेपालीले प्राप्त सहयोग रकमको सदुपयोग हुँने बताउनुभयो । बाढीले ८० घर पूूर्ण रुपमा क्षति गराएको थियो भने ५१ घरमा आंशिक क्षति पुगेको छ भने ११ वटा लघु जलविद्युत आयोजना, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ५ वटा ढलान पुल, १० वटा काठेपुल र दुई विद्यालय सहित ७१ वटा भौतिक संरचनामा क्षति पुगेको छ । अहिले जग्ग अभावमा ढोरपाटनका बाढीपीडितलाई राहत स्वरुप उपलव्ध गराएको जस्ता पाता समेत छाउने ठाउँ नभएको गुनासो गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *