बागलुङमा आइपुग्यो कोरोना खोप

डम्मर बुढा मगर, बागलुङ
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोडिभ–१९) का कारण विश्व समुदाय करिब १० महिना यता आक्रान्त भइरहेको छ । लामो समय औषधि पहिचान समेत नहुँदा मानव सभ्यताकै कठिन संकटका रुमपा कोरोना भयावहको सामना गरिरहेका बेला केही राहतको खबर आएको छ ।

बिभिन्न देशले कोरोना बिरुद्धको भ्याक्सिन पहिचान र परीक्षण गरेर सफल भएको समाचार सार्वजनिक भएको केही महिना पश्चात नेपाल हुँदै नेपाल भित्रको नेपाल बागलुङमा पनि कोरोना खोप सोमबार आइपुगेको छ ।

नेपाल सरकारले विशेष पहल गरेर भारतबाट अनुदानमा १० लाख खोप प्राप्त गरेको थियो । नेपालमा शनिबार मध्यान्ह खोप आए पछि स्वास्थ्य मन्त्रालयले प्रदेशमा वितरण थालेको थियो । गण्डकी प्रदेशले अहिले उक्त खोप प्रदेशका ११ वटै जिल्लामा पु¥याउने कार्यलाई तिव्रता दिएको छ ।

बागलुङमा पनि कोरोना खोप आएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनभयो । जिल्लामा अहिले १९ सय ९६ डोज खोप आएको स्वास्थ्य कार्र्यालयले जनाएको छ ।

खोप स्वास्थ्य कार्यालयको भण्डारणमा राखिएको छ । फोकल पर्सन घिमिरेका अनुसार अहिले प्राप्त खोप चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयम्सेविका, एम्बुलेन्स चालक, अस्पतालमा कार्यरत सरसफाईकर्मी लगाइनेछ ।

केन्द्र सरकारले १४ गतेदेखि खोप लगाउन सुरु गर्ने भने पनि गण्डकी प्रदेशले १८ गते भित्रमा खोप दिन सुरु गर्ने तयारी छ । जिल्लाभरका १७ सय १४ जना सबैलाई धौलागिरी अस्पतालबाटै खोप दिइने उहाँको भनाई छ ।

‘अहिले १९९६ डोज खोप बागलुङमा आएको छ, पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी सहित फ्रन्टलाइनमा काम गर्नेहरुका लागि प्राथमिकता दिएको छ,’ उहाँले भन्नुभयो ‘सोही अनुसार जिल्लामा पहिलो चरणमा १७ सय १४ जनाले खोप लगाउँदै छौँ, त्यसपछि दोस्रो चरणमा सरकारले भने अनुसार गर्नेछौँ ।’

खोप केन्द्र धौलागिरी अस्पतालमा हुने भए पछि जिल्लाभरका सबै स्वास्थ्यकर्मी,स्वयंम्सेविका लगायत फ्रन्टलाइनर खोप लगाउन बागलुङ सदरमुकाम नै आउनु पर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । ‘सकेसम्म १४ गतेदेखिनै खोप लगाउन सुरु गर्छौँ, यदि भएन भने १८ गते भित्रै सुरु हुन्छ,’ फोकल पसर्न घिमिरेले भन्नुभयो ‘खोप केन्द्र एउटै भएको हुँदा गाउँ–गाउँबाट साथीहरु आउनु पर्छ, त्यसले गर्दा ढिलो हुन्छ कि भन्ने हो, तर हामीले त्यही अनुसारको तयारी गरेका छौँ, सम्भवत १४ मै सुरु हुन्छ ।’

भारतबाट आएको कारोना विरुद्धको कोभिड सिल्ड नामक खोपको प्रभावकारीता ७० प्रतिशत मात्रै रहेको चिकित्सकको दाबी छ । यो खोप गर्भवती आमा, गर्भावस्थाका महिला र अन्य खोप प्रयोग गरिरहेका नागरिकहरुले यो खोप लगाउन नहुने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *