बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने

आदर्श अनलाइन, बागलुङ
बागलुङमा गत साउन यता विपद्का घटना धेरै भएका छन् । साउन यता बागलुङमा ३७ जनाको मृत्यु भएको छ भने १७ जना अझै वेपत्ता रहेका छन् । यस्तै २२९ घरमा पूर्ण रुपमा क्षती भएको छ भने २० घरमा आशिंक क्षति भएको छ ।

बागलुङमा ५९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनःनिर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोले क्षति पु¥याएको, भासिएको, पहिरोले पुरेको र चर्केको गरेर ५९० घर पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिमा स्थानीय तहले सिफारिस गरेका हुन् ।

साउन यता बाढी पहिरोबाट ३५ जना र चट्याङबाट दुई जनाको मृत्यु भएको थियो भने बाढी पहिरोमा अझै १७ जना हराई रहेका छन् । समितिले बाढी पहिरोमा वेपत्ता १७ जनालाई मृत्यु सरह राहत समेत उपलव्ध गराई गराएको जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बागलुङमा साउन यता घटेका विपद्का घटनामा रु. एक करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण गरी सकेको जनाएको छ । जसमध्ये संघीय सरकारबाट प्राप्त ९० लाख राहत वितरण गरेको र पूर्ण क्षति भएको २२९ घरलाई रु. १८ लाख ८२ हजार ५०० राहत रकम हस्तान्तरण गरिसकेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले वेपत्ता भएका १७ जनाको परिवारलाई समेत अहिले सम्म बाढी पहिरोमा खोजतलास गर्दा फेला नपरेका कारण गृह मन्त्रालयको निर्देशन अनुसार मृत्यु समान राहत रकम हस्तान्तरण गरेको बताउनुभयो । यस्तै गण्डकी प्रदेश सरकारले समेत मृत्यु भएका ३७ र वेपत्ता भएका १७ जनाको परिवारलाई जम्मा रु. २७ लाख ५० हजार रकम प्रदान गरीसकेको छ । यस्तै आंशिक रुपमा क्षति भएका २० घरलाई प्रदेश सरकारले रु. १० हजारका दरले रु. दुई लाख राहत वितरण गरेको छ ।

विपद् व्यवस्थापन समितिले बाढी पहिरोका कारण घरबाँस गुमेकाहरु अहिले आफन्त, विद्यालय, तथा सामुदायिक भवनमा आश्रय लिएर बसेको जनाएको छ । यस्तै विपद्बाट साउनदेखि यता जिल्लाका १० वटै पालिकामा ५९० घर परिवार विस्थापित भएको र उनिहरुको घर पुनःनिर्माण गर्न पारित गरी गृह मन्त्रालय पठाइ सकेको प्रमुख जिल्ला अधिकारी न्यौपाने बताउनुभयो ।

गृह मन्त्रालयले बागलुङलाई संकटग्रस्त क्षेत्रका रुपमा घोषण गरी पुनःनिर्माणको समेत काम थाल्न लागेको छ । बागलुङमा साउन यता घटेका विपद्का घटनाहरु मध्ये ढोरपाटनमा सबै भन्दा बढीको मृत्यु भएको थियो । ढोरपाटनको भूजी खोलामा आएको बाढीमा मात्रै २२ जनाको मृत्यु भएको थियो भने १६ जना वेपत्ता भएका थिए । यस्तै तमानखोला, निसीखोला र जैमिनी नगरपालिका सहित समग्र जिल्लामा विपद्घा घटनामा वृद्धि भएका थिए ।

बाढी पहिरोका कारण घर, गोठ, विद्यालय, खेल मैदान, खानेपानी, खेतियोग्य जमिन जोखिममा रहेकोलाई स्थानीय तहबाट आएको सिफरिसका आधारमा विपद् व्यवस्थापन समिति, आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेश, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय बागलुङ, भू तथा जलाधार कार्यालय पर्वतमा पुन निर्माण, पुनस्थापना, मर्मत सम्भार तथा ग्याविन तार जालीका लागि सिफारि गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *