मुस्ताङमा हिमपातबाट मानवीय जोखिम न्युनिकरण गर्न न्यानो कपडा वितरण

सुन्दरकुमार थकाली, लोमान्थाङ
भौगोलिक रुपले विकट मानिएको हिमालपारिको जिल्ला मुस्ताङको ५ स्थानीय तहमा बिहिबारदेखि संम्भावित हिमपात तथा जाडो थेग्ने न्यानो कपडा (कम्वल) वितरण अभियान सुरु भएको छ । हिउँ पर्ने सिजन कायमै रहेको र संम्भावित हिमपातबाट हुनसक्ने मानवीय जोखिम न्युनिकरण गर्ने उद्देश्यले जिल्ला विपत् व्यवस्थापन समिति मुस्ताङले गरिव तथा विपन्न र असाहयलाई कम्वल वितरण अभियान अघि बढाएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।

संम्भावित हिमपात पीडितको प्रत्यक्ष राहतका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङ अन्र्तगत जिल्ला विपत् व्यवस्थापन समितिले मुस्ताङमा पहिलो पटक न्यानोका लागि कम्वल वितरण अभियान अघि बढाएको जनाईएको छ ।यसका लागि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको टोली उपल्लो मुस्ताङ पुगेको सहायक प्रमुख जिल्ला अधिकारीले अर्यालले बताए ।उनका अनुसार जिल्लाका ५ वटै स्थानीय तहमा पुगेर हिमपात र जाँडेो थेग्ने कम्वल वितरण गरिन लागिएको हो । समितिले गरिव तथा विपन्न ,अपाङ्ग, असाहय र एकल महिला बर्गको राहतका लागि करिव १ सय ५० थान कम्वल वितरण गर्ने योजना बनाएको छ ।

कम्वल वितरण अभियानको सुरुआत उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट सुरु गरिएको छ ।त्यसपछि क्रमशः लोघेकर दामोदरकुण्ड ,वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिकामा कम्वल वितरण गरिने जनाईएको छ ।अभियानको पहिलो दिन लोमान्थाङका ३१ जना गरिव तथा विपन्न र असाहय परिवारलाई जिल्ला विपत् व्यवस्थापन समितिकी अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले माईनस डिग्री तापक्रम रहेको लोमान्थाङमा पुगेर स्थानीयलाई घरदैलोमै पुगेर स्थानीय जनप्रतिनिधिकोल रोहबरमा कम्वल बितरण गरिन् । समितिले वितरण गर्ने कम्वलको मुल्य प्रतिथान ४ हजार मुल्यको छ ।समितिले जिल्लाका ५ वटै तहमा गरी करिव ६ लाख मुल्य बराबरको कम्वल वितरण गरिन लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताईन् । समितिले प्राकृतिक प्रकोप तथा विपत्को अवस्थामा सरकार जनताको सुखदुखमा उपस्थिती हुने गर्छ भन्ने सन्देश प्रवाहका लागि कम्वल वितरण गर्ने योजना अधि बढाईएको उनले स्पष्ट पारिन् ।

सरकारले हिमपातको जोखिमबाट हुँने मानवीय संकट निरुपणका लागि वितरण गरिएको न्यानो कपडा कम्वलले ठुलो राहत पू¥याउने विश्वाश व्यक्त गरिन् ।

स्थानीय प्रशासनले घरदैलोमै पुगेर न्यानो कपडा वितरण गरेपछि स्थानीय गरिव तथा विपन्न परिवारमा खुसीको रौनक छाएको छ । घरदैलोमै कम्वल पाएपछि लोमान्थाङ—२ ढुककी ९२ वर्षिय धावा ढोमा गुरुङ मख्ख भईन् । उनले गरिव तथा ज्येष्ठ नागरिकलाई सरकारले कम्वल वितरण गरिनु सहनीयकार्य भएको उल्लेख गर्दै खुसी हुँदै प्रजिअ पौडेललाई स्थानीय भाषामा होर्छे भन्दै धन्यवाद दिईन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *