रायडाँडामा ६२ लाखको लागतमा बौद्ध गुम्बा निर्माण हुँदै

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका ११ रायडाँडामा शान्ति विहार बौद्ध गुम्बा निर्माण गर्न थालिएको छ । निर्माणाधिन गुम्बाको बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

गुम्बाको बागलुङ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले शिलान्यास गर्नु भएको हो । शिलान्यास पछि बोल्दै अध्यक्ष गौतमले धार्मिक तथा पर्यटनको हिसाबले यो ठाउँ अत्यन्तै महत्वपूर्ण भएकाले गुम्बा निर्माणले थप टेवा पुग्ने बताउनु भयो ।

पर्यटनबाट समृद्धि हासिल गर्न सहज भएकाले गुम्बासँगै अन्य पूर्वाधारहरु क्रमशः निर्माण गर्दै जाने उहाँले बताउनु भयो । ‘यो ठाउँ अत्यन्तै रमणिय र पर्यटनका हिसाबले ठूलो सम्भावना बोकेको छ, यसको विकासको लाग हामीले योजना बनाएर लागेका छौँ,’ उहाँले भन्नुभयो ‘धार्मिक महत्व एकातिर छँदैछ, अर्को तिर पर्यटनलाई पनि सँगसँगै लैजाने गरेर काम हुन्छ, यो सुरुवात मात्र हो ।’

गुम्बा २०७२ सालमा आएको महाभूकम्पले क्षतविक्षत बनाएको थियो । त्यस यता निर्माण हुन सकेको थिएन । सरकारले यसवर्ष पुर्ननिर्माणका लागि बिनियोजन गरिएको ४१ लाख रुपैयाँ र २१ लाखको जनश्रमदान गरि ६२ लाख रुपैयाँको लागतमा निर्माण हुन थालेको शान्ति विहार बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष रानबहादुर थापाले बताउनुभयो ।

समुन्द्रि सतहदेखि साढे २२ मिटर उचाइमा रहेको यो क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्न सके स्थानीयले अधिक लाभ लिनस सक्ने अवसर छ । बागलुङ नगरपालिकाले पनि यस ठाउँमा पर्यटकलाई लक्षित गरि १० लाख रुपैयामा अतिथि गृह निर्माण गरेको छ ।

यहाँबाट धौलागिरी, माछापुछ्रे लगायतका १३ वटा हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटकलाई भकुण्डे, भैरवस्थान समेत पु¥याउन सकिने स्थानीय बताउँछन् । त्यसका लागि सम्बिन्धत निकायले पर्यटन पूर्वाधार निर्माण गर्नु पर्ने उनीहरुको धारणा छ । कार्यक्रम शान्ति विहार बौद्ध गुम्बाका अध्यक्षता रानबहादुर थापा अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *