विभेदको डरले खुल्न सकेनन् कुष्ठरोगी

साधना पन्त, बागलुङ
नेपालमा पहिलो पटक वि.स १९८० मा कुष्ठरोग देखिएको हो । त्यो समयमा कुष्ठ रोगीलाई गरिने व्यवहार अहिले हामीले कल्पना समेत गर्न सकिदैन । यो विचमा कुष्ठ रोगको औषधी आयो । औषधी खाएर कुष्ठरोग निको हुने थालेपछि विरामीको संख्या पनि घट्दै गयो । कुष्ठ रोग सम्बन्धी धेरै सचेतनामुलक कार्यक्रम पनि भए । देशमा कुष्ठरोग देखिएको ९७ वर्ष पुगि सक्दा पनि कुष्ठरोगका विरामीलाई गरिने व्यवहारले गर्दा उनिहरु अहिले सम्म खुल्न सकेका छैनन् ।

कुष्ठरोग प्रति आम जनमानसमा रहेको भ्रमलाई हटाउनको लागि हरेक वर्षको ३१ जनवरीलाई विश्व कुष्ठ रोग दिवसको रुपमा मनाउने गरिन्छ । सोही अनुसार आइताबार बागलुङमा पनि ६८ औ विश्व कुष्ठ रोग दिवस मनाईयो ।

विश्व कुष्ठ रोग दिवसको अवसरमा स्वास्थ्य कार्यलय बागलुङले पत्रकार सम्मेलनको आयेगजना ग¥यो । पत्रकार सम्मेलनमा स्वास्थ्य कार्यलय बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले बागलुङ जिल्ला सँगै गण्डकी प्रदेशमा कुष्ठ रोगको अवस्थाको बारेमा जानकारी गराउनु भयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७६/७७ मा बागलुङ जिल्लामा २ महिला र १ पुरुष गरि ३ जनालाई कुष्ठ रोग थियो । चालु आर्थिक वर्षमा थप एक जना पुरुषमा कुष्ठ रोग देखिदा कुष्ठ रोगीहरुको संख्या ४ पुगेको छ । परिवार र सामाजिक रुपमा हुने विभेदको डरले उनिहरु अहिले पनि खुल्न नसकेको घिमिरेको भनाई छ ।

उहाँका अनुसार जिल्लको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका १र१ जना व्यक्तिमा कुष्ठ रोगको संक्रमण रहेको छ । उनिहरुले स्वास्थ्य कार्यलय बागलुङबाट नियमित रुपमा औषधी सेवन गरिरहेका छन् ।

कुष्ठ रोग लागेका मानिसलाई शरीर नचिलाउने लाटो हुने, रातो तथा फुस्रो दाग देखिने, हात खुट्टा झम–झम पार्ने, हातखुट्टाका माशंपेशी सुक्दै जाने, हातका औला खुम्चिदै जने, हात खुट्टामा घाउ हुदा पनि नदुख्ने, शरिरमा गिर्खा देखा पर्ने, कानको लोती बाक्लो हुनुे, अनुहारको छाला बाक्लो रातो चिल्लो र चम्किलो हुनुे, हात खुट्टा तथा आँखाको माशंपेशी कमजोर हुन लक्षण देखा पर्ने घिमिरेको भनाई छ ।

उहाँले सर्ने र कमसर्ने गरी २ प्रकारको कुष्ठ रोग हुने भएकाले नियमित १२ महिनाऔषधी शेवन गरे सर्ने रोगको कुष्ठ रोग र नियमीत ६ महिना औषधी सेवन गरे कम सर्ने कुष्ठ रोग निको हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले कुष्ठ रोगको औषधी नियमित सेवन गर्दा निको हुने भएकाले रोगीहरुलाई सबैले माया र हौसला प्रदान गर्नुपर्ने बताउनुभएको थियो । उहाँले छिमेकी जिल्ला म्याग्दीमा ११ र पर्वतमा ४ जना व्यक्तिमा कुष्ठ रोगको संक्रमण भएकाले बागलुङमा थप सचेतना अपनाउनु पर्ने बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *