प्रधानमन्त्री राजाको पथमा हिँडे–पौडेल

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली राजाको पथमा हिँडेको आरोप लगाउनु भएको छ ।

पार्टीको भातृ संघहरुले सोमबार बागलुङ बजारमा संसद विघटनको विरुद्धमा आयोजना गरेको विरोध प्रद्धर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चेर राजा बन्न खोजेको बताउनुभयो । उहाँले संविधान माथि बसेको राजालाई जनताले सडकमा ल्याएको भन्दै ओलीलाई पनि त्यही स्थानमा पु¥याउने बताउनुभयो ।

‘संविधानभन्दा माथि बसेका राजालाई त जनताले घोक्रेठ्याक लगाएर सडकमा पु¥याए, अहिले ओली जी त्यही बाटो औलाउँदै छन्, यिनको अहंकार र दम्भ धेरै दिन टिक्दैन,’ पौडेलले भन्नुभयो ‘हिँजो राजाहरुले संविधान टेरेनन्, आज ओली त्यही गर्दै छन्, यो नेपाली जनतालाई स्वीकार्य छैन, ओली नसुध्रिएर त्यसको परिणाम राम्रो आउने छैन ।’

प्रचण्डसँगको रिसले प्रधानमन्त्रीले संसद विघटन गरेर देशलाई दुर्घटना तर्फ धकेली रहेको उहाँको तर्क छ । पौडेलले प्रधानमन्त्रीले बैशाखमा कुनै पनि हालतमा चुनाव गराउन नसक्ने भन्दै यो सत्ता मोहका कारण नौटंकी गरेको बताउनुभयो ।

कांग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र बहादुर थापाले ओलीले चालेको कदम संविधान विपरित भएको भन्दै संसद पुनस्र्थापनाको विकल्प नभएको बताउनुभयो । पदको लोभ र पार्टीको आन्तरिक किचलोले गर्दा सिंगो संसदनै भंग गर्नु अराजकता भएको बताउनुभयो ।

कार्यक्रममा पूर्व पार्टी सभापति गोविन्द प्रसाद शर्मा कँडेल, हरि प्रसाद श्रेष्ठ, गलकोट नगरपालिकाका मेयर, भरत गैरे, नेपाल महिला संघका केन्द्रीय सदस्य पार्वती आचार्य, नेवि संघ जिल्ला अध्यक्ष खडक थापा, नेपाल दलित संघका अध्यक्ष ताराबहादुर विक, नेपाल भूपू सैनिक संघका अध्यक्ष क्याप्टेन हरि भण्डारी, लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष गंगा कँडेल, प्रजातन्त्र सेनानी संघका अध्यक्ष तारा प्रसाद गौतम लगायतले मनतव्य राखेका थिए ।

पार्टीको केन्द्रीय निर्देशन अनुसार सोमबार देशभर विरोध प्रद्धर्शन भएको र सोही अनुसार बागलुङ पनि भएको कांग्रेस बागलुङले जनाएको छ । लोकतान्त्रिक चोकबाट सुरु भएको ¥याली हल्लनचोक, जिल्ला प्रशासन हुँदै बुद्धचोकमा गएर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रम नेपाल हिला संघ बागलुङकी अध्यक्ष सकुन्तला शर्माको अध्यक्षता, राष्ट्रिय मगर संघका जिल्ला अध्यक्ष तिलक घर्ती मगरको स्वागत र नेपाल तरुण दल बागलुङका अध्यक्ष उमकान्त शर्मा ‘बाबु’को संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *