उत्तरगंगा जलाशययुक्त आयोजना प्रतिको भरोसा बढ्दै

आदर्श अनलाइन, बागलुङ
नेपालकै नमुना आयोजना रहेको उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजनाका कारण पटक–पटक निराश हुँदै आएका ढोरपाटन र निसीखोलाका जनतामा पुन: आश पलाएको छ ।

उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना ८२८ मेघावट विद्युत उत्पादन गर्ने गरी अध्ययन ढिलोगरी अन्तिम चरणमा पुगेको छ । अहिले निसीखोलामा विद्युत गृह निर्माण गर्ने स्थानको भौगोलिक अध्ययन भइरहदा बागलुङका जनता आयोजना निर्माण हुनेमा आशावादी भएका छन् । पाँच वर्षदेखि अध्ययनकै क्रममा रहेको उक्त आयोजना नेपालकै ठूलो र नमूना आयोजनाका रुपमा सरकारले लिदै आएको छ । आयोजना निर्माणका लागि अहिले आएर अध्ययनको अन्तिम चरणमा पुगेको छ ।

दुई वर्ष अघि विस्तृत वातावरणीय प्रभाव मुल्याङ्कन गरेको नेपाल विद्युत प्राधिकरणले अहिले निसीखोलामा निर्माण हुँने भूमिगत विद्युत गृहको ड्रिल प्रविधिको प्रयोग गरी अध्ययन थालेको छ । शुरुमा आयोजना निर्माण गर्न स्थानीयले चासो नदिएपनि यसको फाइदाका विषयमा जानकारी पाएपछि आयोजना निर्माण गर्न ढोरपाटन र निसीखोलाका जनताले सहजता प्रदान गरेका थिए । आयोजना निसीखोलामै खसालेर बन्नु पर्ने पटक–पटक माग उठाउदै आएपछि अहिले आयोजना बन्नेमा यहाँका जनता आशावादी हुँदै आएको ढोरपाटन नगरपालिका–९ नवी गाउँका भक्त बहादुर बि.कले जानकारी दिनुभयो । “हामी निकै विश्वस्त छौं, ढिलो चाडो आयोजना बन्छ” बि.कले भन्नुभयो “अहिले अध्ययन भइरहेको र केही वर्षमा आयोजना शुरु हुनेछ, जस्कारण बागलुङ बासीलाई निकै फाइदा हुँनेछ, यहाँका गरिव जनसमुदायको जीवस्तर उकासिनेछ ।”

ढोरपाटन स्थित उत्तरगंगाको पानी खसाल्ने स्थान निसीखोला गाउँपालिका–५ निसी गाउँको सम्पु भन्ने स्थानमा माटो परिक्षण (सोयल टेष्ट)को काम शुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डिटियल डिजाईन पूर्व आवश्यक पर्ने वातावरणीय प्रभाव मुल्याङ्क गत वर्षनै सम्पन्न भएको र अहिले भूमिगत विद्युतगृह निर्माण हुँने स्थानको अवस्थाको अध्ययन भइरहेको नेपाल विद्युत प्राधिकरणका निर्देशक अजव सिंह महराले जानकारी दिनुभयो । अहिले आयोजनाको डिटियल डिजाईनको काम भइरहेको छ । प्राधिकरणका अनुसार आयोजना निसीखोलामै निर्माण गर्नेगरी नेपाल सरकारले विगत छ वर्षदेखि निरन्तर रुपमा काम गरीरहेको छ । शुरुमा निसीखोला खसाल्ने अथवा रुकुम खसाल्ने भन्ने विषयमा उर्जा मन्त्रालयमा केही समस्या भएपनी प्राधिकरणले निरन्तर रुपमानै निसीखोलामा विद्युतगृह निर्माण गर्नेगरी काम भइरहेको जनाएको छ ।

अहिले निसीखोलाको सम्पुमा हेलिकप्टरमार्फत सामान ढुवानी गरी माटो, ढुङ्गा परिक्षणको काम थालिएको छ । आयोजनाको ड्याम निर्माण हुँने स्थान ढोरपाटन नगरपालिका स्थित ढोरपाटन उपत्यकाको पाँच स्थानमा केही वर्ष अघिनै परिक्षण गरेपनी भौगोलिक जटिलताका कारण हेलिकप्टरबाट सामाग्री ढुवानी गर्नपर्ने भएपनी निसीखोलामा निर्माण हुँने भूमिगत जलविद्युत गृहको माटो परिक्षण गर्न सकिएको थिएन । प्राधिकरणले एक हप्ता अघि हेलिकप्टर मार्फत ड्रिलिङ गर्ने स्थानमा सामाग्री पु¥याएर अध्ययनको काम गरेको उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजना अन्र्तगतको उत्तरगंगा पावर कम्पनीका प्रबन्ध सञ्चाकल अम्बिकेश कुमार झाले जानकारी दिनुभयो । “हामीले आयोजनालाई निरन्तर रुपमा अगाढी बढाईराखेका छौं, सरकारले निरन्तर रुपमा आयोजनाको काम गर्न बजेट समेत दिदै आएको छ” झाले भन्नुभयो “ठूलो आयोजना र नेपालकै नमूना आयोजना भएका कारण अध्ययनमा धेरै समय खर्चिएका छौं, अब विद्युत गृहको भौगोलिक अध्ययन पश्चात डिपिआरको कार्य शुरु हुन्छ ।”

यो आयोजना नेपालको सबैभन्दा सस्तोमा विद्युत उत्पादन गर्ने आयोजना हुँने भएकाले सरकारले यसलाई निरन्तररुपमा काम गर्ने गरी अगाढी बढाएको छ । झाका अनुसार सम्पु भन्ने स्थानबाट ३३० मिटर भित्र ड्रिलिङ गरी भूमिगत विद्युत गृह निर्माण हँने स्थानको अवस्थाको वारेमा जानकारी लिने आयोजनाले जनाएको छ । आयोजनाले भौगोलिक अध्ययनको काम ड्रिलिङ पश्चात सकिने र तुरुन्तै डिटियल डिजाईन तर्फ आयोजना जानेछ ।

अस अघि आयोजनाको बातावरणीय प्रभाव मूल्याङ्कन, आयोजना प्रभावित क्षेत्रका बासीन्दाको राय र लगत संकलनका लागि प्राविधिक टोली आयोजना स्थलमा खटिएर सुझाव संकलन गरी वातावरणीय मुल्याङ्कन तयार गरीसकेको छ ।

प्रभावित क्षेत्र ढोरपाटन र निसीखोलाको बातावरणीय प्रभाव मुल्याङ्कन र प्राभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजना भित्र पर्ने जग्गा, रुखलगाएतको लगत संकलन भइसकेको छ । आयोजनाको क्षेत्र निर्धारण तथा कार्यसूची सहितको प्रतिवेदन बन तथा बातावरण मन्त्रालयबाट स्वीकृत भई आयोजना प्रभावित क्षेत्र ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा स्थलगत अध्ययन गरी वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन उर्जा मन्त्रालयमा पेश भइसकेको आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि ८२८ मेघावटको लाइसेन्स प्राप्त गरेको पाँच वर्ष पुरा भइसकेको छ ।

उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना थोरै लगानीमा धेरै विद्युत उत्पादन गर्न सकिने नेपालकै उत्कृष्ट आयोजना रहेको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदनमा उल्लेख छ । ठूला आयोजना निर्माण गर्दा कम विस्थापित हुने नेपालकै पहिलो आयोजना उत्तरगंगा जलाशययुक्त आयोजना रहेको समेत प्रतिवेदनमा उल्लेख रहेको छ । वातावरणीय प्रभाव मुल्याङ्कन (इआईए) अध्यायन प्रतिवेदन आइसकेको र अव भौगोलिक अवस्थाको रिपार्ट तयार हुँदासाथ डिटेल डिजाईन गरी आयोजना अगाढी बढाइने प्राधिकरणको भनाई रहेको छ ।

८२८ मेघावाट क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको उक्त जलविद्युत आयोजनाको लामो समय सम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवादका कारण अगाडि बढ्न सकेको थिएन । आयोजना रुकुम तर्फ खसाल्दा जम्मा ३५० मेघावट उत्पादन हुनेभएपछि निसिखोलानै खसाल्ने निधो भएसंगै आयोजनाले गति लिएको छ ।

उक्त आयोजना निर्माण गर्नका लागि करिव ६०० घर धुरी विस्थापित हुनेछन् भने ५ हजार कित्ता जमिन प्रयोग हुनसक्ने प्राधिकरणबाट खटिएकोे प्राविधिक टोलीले अनुमान गरेको छ । ढोरपाटनमा रहेको उत्तरगंगा नदिको पानीलाई १ हजार ३५० मिटर तल निसिखोलामा खसालेर विद्युत उत्पादन गरिने लक्ष्य आयोजनाले राखेको छ । आयोजना निर्माणका लागि करिव १२० अर्ब खर्च लाग्ने छ । जलाशययुक्त जलविद्युुत आयोजना निर्माण भएपछी बर्खा र हिउँदमा एकै किसिमको विद्याुत उत्पादन हुनेछ । तर डिटियल डिजाईनमा मेगावट र खर्च केही तलमाथी हुन सक्ने छ । हिउदको समयमा रुकुम जाने पानीलाई सोही अनुसार पठाउने गरी सब–ड्याम निर्माण गर्ने र सोही ड्यामाट समेत ८ मेगावट विद्युत उत्पादन गर्न सकिनेगरी काम गर्दा विबाद टर्ने उत्तरगंगा पावर कम्पनीका प्रबन्ध सञ्चालक अम्बिकेश कुमार झाले बताउनुभयो । “निसीखोलामा खसाल्ने बाहेक अन्य कुरा प्राधिकरण छैन, हिउदमा रुकुम बग्ने उत्तरगंगालाई नसुकाउनका लागि बर्खाको सबै पानी ड्याममा जम्मा गर्ने योजना रहेको छ । सबड्याममा जम्मा भएको पानी हिउँदमा रुकुम बगाइनेछ भने मुख्य ड्याममा जम्मा भएको पानी निसीखोलामा खस्नेछ । यसो गर्दा ८२८ मेघावटबाट उत्पादन हुँने क्षमता घटेर ८२१ मेघावट हुने प्राधिकरणको अनुमान रहेको छ ।

बागलुङको मात्र नभएर नेपालको भविश्यसंग जोडिएको आयोजना निर्माण हुँनेभएपछी खुसी भएको स्थानीय लिला छन्त्यालले बताउनुभयो । “आयोजनाको भौगोलिक अध्ययन अन्र्तगत निसीखोलामा परिक्षण बाँकी रहेको रहेछ” छन्त्यालले भन्नुभयो “अहिले मध्यपहाडी लोकमार्ग देखि १० किलोमिटर माथी डाँडामा हेलिकप्टर मार्फत आवश्यक सामाग्री लगेर परिक्षणको कार्य शुरु भएको छ ।” माटो र ढुङ्गा परिक्षणका लागि नेपाल विद्युत प्राधिकरणको माटो, ढुङ्गा परिक्षण प्रयोगशालाको प्राविधिक टोली समेत निसीखोला आएको छ ।

सरकारले बागलुङको निसीखोलामै विद्युत गृह निर्माण गरी आयोजना अगाढी बढाउनुपर्ने निरन्तरको पहलले सार्थकता पाउन थालेको बागलुङका नि.वर्तमान संघीय सांसद डा.सूर्य पाठकले बताउनुभयो ।

उक्त डाँडाबाट ३३० मिटर तल भू–गर्भमा विद्युत गृह निर्माण हुनेछ । बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाको समथर भुभागलाई समेटियर निर्माण गर्ने भनिएको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुनेमा विश्वस्त भएका छन् । दश वर्ष अगाडी जाईकाले ढोरपाटन क्षेत्रमा ८२८ मेघावट क्षमताको उत्तरगंगा जलाशययुक्त जलविद्युत निर्माण गर्न सकिने बताएपछि यस क्षेत्रका जनताले जलविद्युत तथा पर्यटनको क्षेत्रमा विकास हुँनेमा बागलुङ वासी विश्वस्त छन् । हाल सम्म सरकारले उच्च प्राथमिकताको आयोजनामा राख्दै आएको उत्तरगंगा जलाशययुक्त आयोजनालाई निरन्तर रुपमा अध्ययन गर्न बजेट समेत विनियोजन गर्दै आएको छ ।

ढोरपाटन उपत्यकामा बिशाल जलाशयको निर्माण गरि बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पावरहाउस रहने गरी यो आयोजनाको लाईसेन्स नेपाल विद्युत प्राधिकरणले लिएको छ र यो आयोजना अहिले प्राविधिक अध्ययनको क्रममा छ । आयोजनालाई २०७६÷३÷१७ गते विद्युत विकास विभागले ८२८ मेघावट क्षमतामा विद्युत उत्पादन गर्ने गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन अनुमतिपत्र दिईसकेको छ । अहिले प्राधकरणले निरन्तर रुपमा अध्ययन गरिरहेको र अध्ययनको अन्तिम चरणमा रहेको जनाएको छ ।
विदेशी साहसीक पर्यटकहरुको मुख्य रोजाई समेत रहेको ढोरपाटन शिकार आरक्ष र उत्तर गंगा जलाशययुक्त आयोजना एकै स्थानमा रहेकाले यसको महत्व झनै बढेर जाने र जलाशययुक्त नदी पर्यटकहरुको नयाँ आर्कषणको केन्द्र बन्ने ढोरपाटनवासीले विश्वास व्यक्त गर्दै आएका छन् । ढोरपाटन उपत्यका र आसपासको पर्यटकन संगै ड्यामले थप पर्यटकलाई आर्कषण गर्नेछ । आयोजना प्रभावितहरुलाई ढोरपाटन उपत्यकाको केही माथी स्थान्तरण गर्न सकिने छ । तर केही सथानीयले भने आफूले प्रयोग गर्दै आएको जग्गा डुबानमा पर्ने तथा ढोरपाटन शिकार आरक्षको सुन्दरता कुरुप हुँने भन्दै आयोजनाको बिरोध गर्दै आइरहेका छन् । सरकारले उच्च प्राथमिकतामा राखेको उक्त आयोजना सफल भएमा बिद्युतको निर्यात गर्न सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *