ढोरपाटनका–४ का वडा अध्यक्ष धरौटीमा रिहा

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका –४ का वडा अध्यक्ष तिलक पुन धरौटीमा रिहा हुनुभएको छ । ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परेका पुनलाई जिल्ला अदालत बागलुङले बुधबार धरौंटीमा रिहा गरेको जिल्ला अदालत बागलुङले जनाएको छ । पुनलाई ८० हजार धरौटीमा रिहा गरेको सागर कुंवरेले जानकारी दिनुभयो ।

२०७६ साल कात्तिकमा खुंगामा भएको कुटपिट घटनामा पुनसहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको भन्दै स्थानीय लालबहादुर बिक र श्याम बहादुर बिकले पुनविरुद्ध जाहेरी दिएपछि वडा अध्यक्षलाई पक्राउ गरिएको छ ।

जाहेरीमा उनीहरुले पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकीविरुद्ध पनि मुद्दा दिएका थिए । उनीहरुमध्ये २१ दिनदेखि न्यायिक हिरासतमा रहेका तिलक पुन र कोपिल बुढाथोकीलाई अदालतले जनही ८० हजारको दरले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको इजलासले धरौटीमा रिहाई गर्ने आदेश दिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *