वर्षा र हिमपातपछि कृषक हर्षित

फाइल तस्बिर

फाइल तस्बिर
आदर्श अनलाइन, बागलुङ
बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय स्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो ।

हिमपात र वर्षा भएपछि किसानहरु खुसी भएका छन् । शुक्रबार मौसमा आएको परिवर्तनका कारण ढोरपाटन लगाएत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ । ढोरपाटन उपत्यकामा शुक्रबार हिउँपरेको स्थानीय कमल भण्डारीले जानकारी दिनुभयो । उहाँले यहाँका स्थानीय घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथी जाने जानकारी दिनुभयो ।

हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ भने सञ्चार सम्र्पक समेत विच्छेद भएको छ । हिमपातका कारण स्थानीयहरु घरबाट बाहिर निस्कन नसकेको स्थानीय चक बहादुर अदैले बताउनुभयो । ढोपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसोबढेसंगै बोबाङबाट पठनपाठन सञ्चालन गरेको छ ।

हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधानहरु चल्न सकेका छैनन् । लामो समय पानी नपर्दा कृषकहरु निराश भएका किसानहरु खुसी भएका छन् । मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने किसान राम बहादुर खड्काले बताउनुभयो ।

हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भएपनि बारीमा भएको गहुँ जौँ लगायतका खेतीपातीलाई राम्रो हुँने किसानको भनाई रहेको छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । ढोरपाटन तथा निसीखोलाको उच्च भाग संगै बागलुङ र पूर्वी रुकुम सिमानामा हिमपात भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *