बागलुङ लगाए १७ सय २९ जनाले कोरोना खोप

आदर्श अनलाइन, बागलुङ
बागलुङमा एक हजार सात २९ जनाले पहिलो चरणको कोरोना खोप लगाएका छन् ।
गत १४ गतेदेखि लगाउन सुरु गरेको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वएमसेविका सरसफाइमा काम गर्ने कर्मचारी र एम्बुलेन्स चालकले खोप लगाएका हुन् । पहिलो चरणको खोप शनिबार सम्पन्न भएको स्वास्थ्य कार्यालय बागलुङ खोप सुपर भाइर राजु खत्रीले जानकारी दिनुभयो ।

जिल्ला दुई केन्द्रमा खोप सचालन गरिएको थियो । धौलागिरी अस्पताल बागलुङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा खोप केन्द्र चलाइएको थियो । बुर्तिबाङमा पश्चिम बागलुङका चार पालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वएमसेविकालाई लक्षित गरि खोप केन्द्र संचालन गरिएको खत्रीको भनाई छ ।

पहिलो चरणमा एक जार सात सय १४ जनालाई पोख लागउने भनिए पनि मानव सेवा आश्रममा आश्रित नागरिक र कैदी बन्दीहरुलाई समेत खोप लगाउँदा संख्या बढी भएको खत्रीले जानकारी गराउनुभयो । मानेव सेवा आश्रमका ३१ जनालाई र जिल्ला कारागार कार्यालयमा रहेका एक २५ जनलाई खोप लगाइएको उहाँको भनाई छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तीन सय ७३ र धौलागिरी अस्पताल केन्द्रमा १२ सयलाई खोप लगाइएको थियो । अझै दुई सय ३० जनालाई पुग्ने खोप बाँकी रहेको खत्रीले जानकारी दिनुभयो । अबकेही समयपछि कर्मचारी र जनप्रतिनिधिलाई समेत खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *