संसद विघटनकाे बिरोधमा कांग्रेसका शुभेच्छुक संस्थाद्वारा बागलुङमा प्रदर्शन

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संविधान भन्दा माथि ठानेका कारण देशमा गम्भीर समस्या पैदा भएको बताउनु भएको छ ।

संसद विघटनको विरुद्धमा मौसम प्रतिकुलताका बाबजुद नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार बागलुङमा आयोजना गरेको विरोध प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै ओलीको यो कदम आम नागरिकलाई मान्य नभएको बताउनुभयो ।

संंसद् विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरोध र लोकतान्त्रिक संविधान रक्षाको पक्षमा काँग्रेस विरोधमा उत्रिन बाध्य भएको उहाँको भनाई थियो । पौडलले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर संसद विघटन गरेको भन्दै ओलीले देशलाई प्रतिगमन तर्फ धकेलेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापा, निवर्तमान पार्टी सभापति एवम् संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रीय महिला विभाग उपाध्यक्ष शकुन्तला शर्मा, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ बागलुङका अध्यक्ष भुमिश्वर गौतम, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघ धौलागिरी बहुमुखी क्याम्पसका अध्यक्ष सुर्य गौतम लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम प्रजातन्त्रवादी प्रध्यापक संघ बागलुङका अध्यक्ष गोविन्द शर्मा कंडेलको अध्यक्षता, ट्रेड युनियन काँग्रेस बागलुङका सभापति ईश्वर ठाकुर पौडेलको स्वागत मन्तव्य र नेपाल शिक्षक संघ बागलुङका सचिव लक्ष्मीकान्त पौडेल राजेन्द्रको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *