बन्दी प्रत्यक्षीकरणको रिट पछि विप्लवका दुई नेता रिहा


–आदर्श अनलाईन, बागलुङ
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई नेता पक्राउ परेको १७ दिनमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सूचनाका आधारमा माघ १० गते शनिबार उनीहरुलाई बानपा ७ गैरा गाउँबाट पक्राउ गरेको थियो ।

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्द सफल पार्न पक्राउ परेका म्याग्दी जिल्लाका पूर्व सेक्रेटरी रहेका बागलुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र बागलुङ जिल्ला पूर्व इन्चार्ज रहेका पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ का कमानसिंह क्षेत्री (विकिरण)लाई अदालतको आदेशमा रिहा गरेको छ ।

सर्वोच अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेकोमा आज सर्बोच अदालतका न्यायधीस हरिकृष्ण कार्की र हरि फुयाँलको इजालशले रिहा गर्न आदेश दिएपछि उनिहरु जिल्ला अदालत मार्फत रिहा भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

‘जिल्ला प्रशासन कार्यालय बागलुङले पटक–पटक गरेको म्याद थप मनासीव नदेखिएको, तथ्यमा अर्को कुनै मुद्दा लगाउने थुनाराख्ने कार्य प्रवृत भावनाका साथ गरिएको देखिएकाले उक्त गैरकानूनी थुनाबाट मुक्त गर्न बन्दी प्रत्यक्षकीरण आदेश जारी हुने ठहर छ’ संक्षिप्त आदेशमा भनिएको छ । अहिले पक्राउ परी रिहा भएका दुवै नेता यसअघि पनि पक्राउ परेर लामो समय पछि सर्वोच्चको आदेशमा रिहा भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *