१७ वैशाखमा ४० र २७ मा ३७ जिल्लामा निर्वाचन

आदर्श अनलाइन, काठमाडौँ
संसद् विघटनपछि घोषित प्रतिनिधि सभा निर्वाचन १७ वैशाखमा ४० र २७ वैशाखमा ३७ जिल्लामा गर्ने निर्णय भएको छ ।  सरकारले सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकमार्फत १७ वैशाखमा ४० र २७ वैशाखमा ३७ जिल्लामा गरी दुई चरणमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो ।
 
जसअनुसार पहिलो चरणमा प्रदेश २ गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका गरी ४० जिल्लामा निर्वाचन गरिने छ भने दोस्रो चरणमा कर्णाली प्रदेश, बाग्मती प्रदेश र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गरिने छ ।

गत ५ पुसमा सरकारले संसद् विघटन गर्दै दुई चरणमा निर्वाचन सम्पन्न गर्ने गरी सो सम्बन्धी प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेपछि प्रतिनिधि सभा विघटन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *