राष्ट्रपति पदको होइन, भूमिकाको विरोध गरेकी हुँ झाक्री

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका नेतृ रामकुमारी झाक्रीले आफुले राष्ट्रपति पदको नभई कार्यशैली र भूमिकाको बिरोध गरेको बताएकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका बिरुद्धमा बोलेर राष्ट्रपति जस्तो सम्माननीय पदको अपमान गरेको भन्दै केही आलोचित समेत भएकी नेतृ झाक्रीले कुनै पद र पात्रको नभई गलत प्रवृत्तिको बिरुद्धमा आवाज उठाएको बताइन् ।

नेकपा प्रचण्ड माधव पक्षले बागलुङ सदरमुकाममा मंगलबार आयोजना गरेको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उनले राष्ट्रपति भण्डारीले संसद विघटन जस्तो संवेदनशील विषयमा पनि केवल साक्षी बस्ने काम मात्र गरेको बताइन् ।

‘राष्ट्रपति सम्मानित पद हो, मुलुकुको अभिभावक पनि हो, सोही अनुसार भूमिका निर्वाह गर्नुपर्छ,’ नेतृ झाक्रीले भनिन्, ‘प्रधानमन्त्रीले स्वेच्छाचारी रुपमा असंवैधानिक कदम चाल्दा पनि राष्ट्रपतिले रोक्ने प्रयास नै नगर्नु दुर्भाग्य हो ।’

शाह बंशिय राजतन्त्रका बिरुद्ध यस्तै प्रश्न गरेर आन्दोलित हुँदै आएको पुस्ता भएकाले गलत कार्यशैली र भूमिकाका बारेमा निरन्तर प्रश्न उठाइरहने उद्घोष गरिन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *