बोरीङ मार्फत धौलागिरी अस्पतालमा खानेपानी

आदर्श अनलाइन,बागलुङ
धौलागिरी अस्पतालमा खानेपानीको व्यापक समस्या भए पछि बोरीङ मार्फत खानेपानी निकालिएको छ । अस्पतालले सेवा सुधार र विस्तार गरेसंगै प्रायजसो अस्पतालमा स्वच्छ खानेपानीको समस्या भएका कारण अस्पतालमा जमिन मुनीबाट पानी निकालिएको हो ।

अस्पताल सरसफाइका लागि धेरै पानीको आवश्यकता पर्ने भए पनि खानेपानी आपूर्तीमा समस्या हुँदा ट्याङ्करको पानी प्रयोग गर्दै आएको छ । धौलागिरी अस्पतालले अस्पताल परिसरबाटै बोरीङ प्रविधि मार्फत खानेपानी निकालिएको हो । अस्पतालको दुई स्थानमा पानी निकाल्न प्रयास गरे पनि प्रयास विफल भए पनि तेस्रो पटकमा सफल भएको अस्पतालले जनाएको छ ।

डिप बोरीङ मार्फत निकालिएको पानीले अस्पताललाई धेरै सहज हुनेछ । अस्पतालमा निकालिएको पानी ट्याङ्कीमा जम्मा गरी प्रयोग गरिनेछ । अस्पतालले पानी निकाल्न मात्रै रु.२० लाख खर्चेको छ भने जडान कार्यमा थप रु.२० लाख खर्चने अस्पतालको योजना छ । यसअघि बागलुङमा खानेपानीको समस्या समाधानका लागि बागलुङ बजारको रामरेखा स्थित चिल्डेन लाइफ बोर्डिङ स्कुलले बोरीङ प्रविधिबाट खानेपानी निकालेको थियो ।

बोरीङ (ड्रिलिङ) प्रविधिबाट जमिन मूनीको पानी सफलतापूर्वक निस्केको धौलागिरी अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । “खानेपानीको अस्पतालमा निकै समस्या थियो, अब बोरीङ प्रविधिबाट सफलतापूर्वक खानेपानी निस्किएको छ” शर्माले भन्नुभयो “अब यसलाई जडान गरी अस्पतालमा वितरण गरिन्छ ।”

अस्पताल परिसरमै पानी निस्के पछि ट्यांकरबाट पानी खरिद गर्न नपर्ने उहाँले बताउनुभयो । खानेपानी समस्या समाधानका लागि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु.४० लाख बजेट बिनियोजन गरेपछि दुई हप्ता अघि उक्त योजना शुरु भएको थियो ।

धौलागिरी अस्पतालमा अहिले दैनिक ३० देखि ५० हजार लिटर पानी प्रयोग हुने गरेको छ । अस्पतालमा अपुग पानी ट्याङ्कर मार्फत् खरिद गर्ने गरेको अस्पतालले जनाएको छ । जसका कारण अस्पताल खर्चभार समेत घट्नेछ । २३० मिटर गहिराइमा पुग्दा पानी निस्किएको डिटिएच रक ड्रिलिङ कम्पनीका सूपरभाइजर सूर्य चिमोरियाले बताउनुभयो । उहाँले बागलुङमा बोरीङ मार्फत पानी निकाल्ने कार्य सफल भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *