सहिद र बेपत्ता परिवारको अपमान गर्ने ओलीले अहिले नक्कली कुरा गर्दैछन्–पुन

सन्तोष क्षत्री, बागलुङ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथां पूर्व मन्त्री गणेशमान पुनले जनयुद्धको अवमूल्यन गर्दै सहिद र बेपत्ता परिवारको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलिले अहिले नक्कली कुरा गरिरहेको बताउनुभएको छ ।

२६ औं जनयुद्ध दिवसको अवसरमा नेकपा बागलुङ प्रचण्ड–माधव पक्षले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पुनले जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गर्ने प्रधानमन्त्रीले ३ वर्षसम्म पटक–पटक कुरा उठाउँदा पनि सहिद, बेपत्ता परिवार तथा घाइतेको बारेमा केही कार्यक्रम नल्याएको बताउनुभयो ।

ओलीले अहिले पार्टी विभिाजन भएपछी घाइते, वेपत्ता तथा सहदि परिवारको मन जित्नका लागि नक्कली कुरा गरेको बताउनुभयो । पुनले जनयुद्ध र जनआन्दोलनको जगमा बनेको संविधान सभाबाट लेखिएको संविधान कार्यन्वयन गर्ने समयमा दुर्भाग्यपूर्ण रुपमा सत्ता गलत मान्छेको हातमा पुगेको बताउनुभयो ।

No description available.

वर्तमान प्रधानमन्त्री ओलीका क्याबिनेट मन्त्री समेत रहेर काम गर्नुभएका पुनले ओलिले संघीयता र समावेशीता सुन्न पनि नचाहेको आरोप लगाउनुभयो । कम्युनिस्ट पाटिको कार्यकर्ता व्यबहारबाट छुटिन सक्नुपर्ने भन्दै नेता पुनले कार्यकर्तालाई उत्पादन कार्यमा सहभागी हुन आग्रह गर्नुभयो । अहिले कम्युनिस्ट पार्टी चन्दा दिने र बेइमानी मान्छेहरुको पार्टी बनेको भन्दै यसलाई आमूल रूपमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा संसद विघटन गरे संगै प्रतीगामी र क्रान्तिकारी छुट्याउने लडाइँ शुरु भएको भन्दै उहाँले अदालतले तलमाथी गरे पनि जनताको आन्दोलनको बलमा संसद पुनःस्थापन हुने बताउनुभयो ।

No description available.

नेकपा बागलुङका कार्यालय सदस्य विष्णु भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य गीता शर्मा, सहिद परिवारको तर्फबाट धनकाजी विक र बेपत्ता परिवारको तर्फबाट जसोदा शर्माले मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा सहिद तथा बेपत्ता परिवारलाई नेकपा केन्द्रीय सदस्य एवं पुर्व मन्त्री गणेशमान पुन, नेकपा नेता एवं पुर्व मन्त्री दलजित सिर्पाली, प्रदेश संसद कमला रोका लगाएतले सम्मान गर्नुभएको थियो ।

नेकपा बागलुङ नगर कमिटी अध्यक्ष धन बहादुर परियारले स्वागत गर्नुभएको कार्यक्रमको संचालन नेकपा बागलुङका कार्यालय सचिव चन्द्र थापाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *