पत्रकार महासंघ बागलुङ देशभरमै उत्कृष्ट शाखा

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ शाखा देशभरमै उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको छ ।

नेपाल पत्रकार महासंघको बुधवार काठमाण्डौंमा सम्पन्न २६ औं महाधिवेशनको भव्य उद्घाटन समारोहमा गण्डकी प्रदेशको तर्फबाट देशभरमै उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको भएको महासंघले जनाएको छ ।

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको समारोहमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले बागलुङ शाखाका अध्यक्ष दिल शिरीषलाई सम्मान पत्र सहित पुरस्कृत गर्नुभएको थियो । श्रमजिवी पत्रकारहरुको हकहितमा व्यापक गतिविधि र प्रभावकारी कार्य सम्पादन गरे बापत बागलुङ शाखालाई पुरस्कृत गरिएको पत्रकार महासंघका महासचिव रमेश बिष्टले जानकारी दिनुभयो । बागलुङ सहित प्रादेशिक रुपमा अन्य केही जिल्ला समेत पुरस्कृत भएको महासंघले जनाएको छ ।

एकै कार्यकालमा पत्रकार महासंघ बागलुङ शाखाको सुविधा सम्पन्न भवन निर्माण, आधुनिक सूचना केन्द्र निर्माण, सदस्यता शुद्दिकरण, कार्यकालको दोस्रो वर्षलाइ तालिम वर्षको रुपमा मनाउँदै दर्जन बढी बिट तथा आधारभुत पत्रकारिता तालिम सञ्चालन, श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, यसका लागि धौलागिरी केन्द्रित सूचना विभागको घुम्ती शिविर लगायतका कार्यको कदर स्वरुप उत्कृष्ट शाखाको रुपमा केन्द्रले सम्मान गरेको महासचिव बिष्टले बताउनुभयो ।

सम्मान पछि शाखा अध्यक्ष शिरीषले आफूहरुले श्रमजिवी पत्रकारको पक्षमा पत्रकार महासंघको भावना, मर्म, मूल्य मान्यतालाई आत्मसाथ गरेर इमान्दार प्रयास गरेको र सो बापत पुरस्कृत सम्मानित गरिएकोमा खुसी व्यक्त गर्नुभयो । ‘हाम्रो काम पत्रकार महासंघको संस्थागत विकास, पत्रकारको हकहित र क्षमता विकासमा केन्द्रित थियो’,अध्यक्ष शिरीषले भन्नुभयो, ‘हामीले गरेको कामलाई केन्द्रीय समितिले पुरस्कृत गरेर अरु शाखालाई पनि यस्तै इमान्दार प्रयास गर्न अभिप्रेरित भएको छ भन्ने हामीले अपेक्षा गरेका छौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *