बागलुङका २२१ कृषि फर्मका लागि ८ करोड अनुदान

खेमराज गौतम, बागलुङ

कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसंगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिना अघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्विकृत गरेको छ ।

कृषि ज्ञान केन्द्र बागलुङमा आर्थिक वर्ष २०७७÷७८ का लागि अनुदानका लागि प्रस्ताव आव्हान गरेको थियो । अनुदानका लागि आएको ५८७ प्रस्तावनामा विगतका वर्षमा अनुदान नपाएका, लगानी गर्न सक्ने तथा दुर्गमतालाई आधार मानेर २२१ कृषि फर्म स्विकृत गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार झण्डै रु.८ करोड १७ लाख अनुदान १० प्रकारका परियोजनाका २२१ कृषि फर्मलाई दिन लागिएको हो ।

“कृषि ज्ञान केन्द्र बागलुङ स्थापना संगै योजनाहरु अगाडी बढाइएको छ, अहिले १० प्रकारका परियोजनाका लागि रु. ८ करोड बढी रकम २२१ कृषि फर्मलाई प्रदान गर्न थालिएको छ” केन्द्र प्रमुख भट्टराइले भन्नुभयो “तत्कालै सम्झौता गरी जेठ भित्र सबै योजना सक्नुपर्ने हुन्छ, अनुदान प्राप्त रकम अनुसार किसानको तर्फबाट समेत ५० प्रतिशत र सो भन्दा माथीको काम गर्नुपर्ने प्रावधान समेत रहेको छ ।”

सबै योजनाको अनुदान रु. एक लाख देखि ३ लाख सम्म रहेका छन् । जिल्लाभरबाट छनौटमा परेका १० परियोजनाहरुमा साना सिँचाइका ५८ योजनामा रु. २ करोड, साना व्यवसायी कृषि फर्म स्थापना गर्ने ७२ योजनामा रु.एक करोड ८ लाख, ग्रिन हाउस निर्माणका लागि ३२ योजनमा ४८ लाख, फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापनाका लागि दुई योजनामा रु. पाँच लाख, स्थानीय कृषि उपज बिक्रि केन्द्र स्थापनाका लागि ३ योजनामा १० लाख ५० हजार र ग्रामिण क्षेत्र करेसावारी घर र बगैचा निर्माण गर्न १३ योजनामा रु. १० लाख रकम अनुदानमा प्रदान गरिनेछ ।

यस्तै मुल्य ऋङ्खलामा आधारित योजनाका २ वटा फर्मलाई रु. २५ लाख, प्राङ्गारिक कृषि कार्यक्रमका लागि २७ योजनामा ८३ लाख, आलुखेती प्रर्बद्धन विषेश कार्यक्रम अन्र्तगत ७ योजनामा रु. ८३ लाख र कलस्टर रैथाने बाली संरक्षण गर्ने ६ योजनाका लागि रु. १५ लाख अनुदान दिइने केन्द्र प्रमुख भट्टराइले जानकारी दिनुभयो ।

कृषि फर्म छनौटमा महिला तथा दलित समुदायले गर्दै आएको व्यवसायिक कृषि फर्मलाई समेत प्राथमिकतामा राखिएको छ । यस्तै केन्द्रले जिल्लामा सञ्चालित ८ कृषि ब्लकलाई सुधार र ३ ब्लक थप गर्न समेत बजेट बिनियोजन गरेको हो ।

जिल्लामा रहेका विभिन्न प्रकृतिका ८ कृषि ब्लकलाई सुधार गर्न रु. एक करोड ७५ लाख बिनियोजन गरेको छ । यस्तै बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकामा मकै ब्लक स्थापना गरिने भएको छ भने ढोरपाटनमा तरकारी ब्लक स्थापना गरिनेछ ।

ब्लक स्थापना गर्नका लागि समिति गठन गरी कार्य शुरु गर्न रु. ७५ लाख समेत दिइने कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । संघीयता कार्यन्वयनसंगै खारेजीमा परेको कृषि कार्यालय जिल्ला बाहिर हुँदा योजना परेपनि किसानले टाढा भएका कारण समस्या भोग्दै आएकोमा अहिले जिल्लामै कृषि कार्यालय स्थापना भएपछि निकै सहज भएको कृषक राम बहादुर खड्काले जानकारी दिनुभयो । खड्का अध्यक्ष भएको गणेश कृषि व्यवसायीक सहकारी संस्था सिगानाले समेत साना सिँचाई परियोजना अन्र्तगतको अनुदान योजना प्राप्त गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *