बसाइँसराइले रित्तिँदै टोकरी गाउँ

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ को टकरी गाउँ सुनसान बन्दै गएको छ । भौतिक सेवा सुविधाका लागि स्थानीयहरु सहर बजार झर्न थालेपछि गाउँनै सुनसान बन्दै गएको हो । गाउँका अधिकांश युवाहरु विदेशीएका छन् । विदेश नगएकाहरु पनि परिवार लिएर गाउँ छोड्दै बजार झरेका छन् ।

युवाहरु विदेशीए पछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन् । गाउँमा कसैलाई साह्रो गाह्रो प¥यो भने तत्तकाल उद्धार गर्न सक्ने अवस्था समेत नभएको स्थानीय विष्णु थापाले बताउनुभयो ।

‘गाउँमा कोही बिरामी प¥यो भने तत्तकाल अस्पतालसम्म पु¥याउने मान्छे पनि हुँदैनन्,’ थापाले भन्नुभयो ‘युवा विदेशिए, परिवार सहर झरे आजभोली गाउँ सुनसान भएको छ ।’

थापाले बसाइँसराइका कारण गाउँमा जनसंख्या कम हुँदै गएपछि कसैको विहे पर्दा, मलामी जाँदा मान्छेको अभाव हुन थालेको बताउनुहुन्छ । ‘जिउँदोको जन्ती, मर्दाको मलामी भन्छन्, के गर्नु गाउँमा मान्छै नै छैनन्,’ उहाँले भन्नुभयो ‘पहिलाको जस्तौ कसैको विहेमा धेरै जन्ती पनि हुँदैनन्, मर्दा मलामी पनि कम हुन्छन् ।’

उहाँले सम्बन्धित निकायहरुले युवालाई विदेश जानबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्न सके गाउँ पहिलेको जस्तो रमाइलो हुने बताउनुभयो । सरकारले गाउँमा स्वास्थ्य, शिक्षा, रोजगार लगायतका विकासको आभास गराउन सके सहर पसेकालाई गाउँ फर्काउन सकिने उहाँको भनाई छ ।

युवालाई गाउँमै रोकेर व्यवसायी बनाउने सम्भावना हुँदा हुँदै पनि सरोकारवाला संवेदनशिल नभएको स्थानीयको भनाई छ । ‘गाउँलेहरु दिन प्रतिदिन बसाईसराँई गरिरहेका छन्,’ थापा भन्नुहुन्छ ‘पर्यटन, कृषिलाई जोडेर कार्यक्रम ल्याउँन सके उजाड बन्दै गएको गाउँलाई सुन्दर बनाउँन सकिन्थ्यो ।’

स्थानीय रिता थापाले गाउँमा छिमेकी बसाई सराँई गरेर जाँदा मेलापात, खेती किसानी गर्दा समेत खेतालाको अभाव हुने गरेको बताउनुहुन्छ । ‘धेरैको जग्गा जमिन बाँझै पल्टिएको छ,× रिता भन्नुहुन्छ ‘गाउँमा भएका मान्छेको पनि अर्मपर्म गर्ने मान्छेको अभाव हुँदा बाँझो हुने डर बढ्न थालेको छ ।’

‘गाउँमा धेरै मान्छेहरु हुँदा काम गर्न पनि सजिलो हुन्थ्यो, अर्मपर्म गरेर काम गरिन्थ्यो अहिले मान्छे पाउनै छोडी सक्यो,’ उहाँले भन्नुभयो ‘गाउँ घर पनि नरमाइलो बन्दै गएको छ, गाउँमा काम गर्न सक्ने बलियो मान्छे छैनन्, केटाकेटी र बुढाबुढी मात्रै छन् ।’

यहाँका प्राय युवा अस्टे«लिया, स्पेन, जापानसंगै खाडी मुलुकमा गएका छन् भने बसाइसराई गरेर गलकोटको हटिया, मजुवा, चितवन, काठमाडौँ लगायतका ठाउँमा गएको रिता बताउनुहुन्छ ।

केही वर्ष अगाडीसम्म गाउँमा झण्डै ४० घरधुरी थियो । तर अहिले १७ घरधुरी मात्रै छन् । त्यो पनि कोरोना महामारीका कारण बजारबाट गाउँ फर्केका हुन् ।

बसाइँसराइका कारण स्थानीय देराली प्राथमिक विद्यालयमा विद्यार्थी संख्या समेत ह्वात्तै घटेको छ । विद्यालयमा विद्यार्थी संख्या घटेपछि शिक्षक दरबन्दी पनि कम भएको विद्यालयका प्रधानाध्यापक केयरसिंह थापाले बताउनुभयो ।

हाल विद्यालयमा १९ जना विद्याथीहरु अध्ययनरत रहेको उहाँको भनाई छ । कक्षा पाँचसम्म पढाई हुने विद्यलायमा २ शिक्षक १ कर्मचारी रहेका छन् । बसाइँसराइका कारण विद्यालय विद्यार्थीहरु घट्दै गएको प्रअ थापाले बताउनुभयो ।

गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टिकाबहादुर थापा गाउँमा युवाहरुलाई फर्ककाउनका लागि कृषि, पर्यटन लगायतका क्षेत्रमा आफूले काम गरि रहको बताउनुभयो । अध्यक्ष थापाले स्वास्थ्य, शिक्षा, रोजगार लगायत विकासका पूवार्धारलाई पनि अगाडी बढाएको भन्दै बिस्तारै गाउँ फर्काउन सकिने बताउनुहुन्छ ।

‘गाउँबाट केही वर्ष यता बसाइँ सर्नेको लर्को लागेको छ, त्यसलाई रोक्नको लागि हामीले धेरै प्रयास ग¥यौँ, अझै पनि प्रयासरत छौँ, गाउँमा गुणस्तरी, स्वास्थ्य सेवा, शिक्षा र रोजगार सिर्जना गर्ने गरि काम गरेका छौँ,’ उहाँले भन्नुभयो ‘कोरोनाको कारणले पनि अब मान्छेहरुले गाउँनै ठिक मान्न थालेका छन्, त्यसले गर्दा पनि अब बिस्तारै गाउँ फर्किन्छन् भन्ने हामीले अपेक्षा लिएका छौँ र विकासको लागि खटिएका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *