बागलुङका प्रजिअ न्यौपानेको सरुवा, कार्की आउँदै

आदर्श अनलाइन, बागलुङ
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सरुवा भएको छ ।

३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा हुँदा बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सिन्धुलीमा सरुवा भएको छ।

शुक्रबार बसेको गृहमन्त्रीस्तरीय बैठकले न्यौपानेसहित ५२ जनाको सरुवा गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सिन्धुलीमा सरुवा भएपछि बागलुङमा शिवकुमार कार्की आउनुहुने भएको छ । कार्की गृहमन्त्रालयबाट आउन लाग्नु भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *