बागलुङमा भब्य रुपमा मनाइयो ३९ औँ मगर स्थापना दिवस

आदर्श अनलाइन, बागलुङ
बागलुङमा पनि ३९ औँ मगर संघ स्थापना दिवस भब्य रुपमा मनाइएको छ । नेपाल मगर संघ बागलुङ नगर समिति आयोजनाकाे बागलुङ बजारमा मगर स्थापना दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघ गण्डकी प्रदेशका वरिस्ठ उपाध्यक्ष गणेश थापा मगरले राजनीतिक आन्दोलनमा मगरहरुको ठूलो योगदान रहे पनि राज्यले उचित सम्बोधन गर्न नसकेको बताउनुभयो ।

उहाँले आफ्नो हक अधिकार र पहिचानको लागि मगरहरु एक हुनुको विकल्प नरहेको बताउनुभयो । मगरहरुको हक अधिकार स्थापित गर्न हजारौँले बलिदानी दिनु परेको भन्दै अझै पनि मगरहरुको माथिल्लो तहमा समान रुपमा सहभागिता हुन नसकेको थापा मगरको भनाई छ ।

उहाँले जनजातिहरुलाई आन्दोलन, युद्ध र विभिन्न परिस्थितीमा भ¥याङ बनाएर अन्य समुदाय माथिल्लो ओहदामा पुगेको भन्दै मगरहरु अझै पनि माथि पुग्न नसक्नु दुखद भएको बताउनुभयो । सबै तहमा समानुपातिक पहुँच हुनु पर्ने भन्दै समान सहभागिता बिना मुलुक समृद्ध बन्न असम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष खडक थापा मगर, धौलागिरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष केबी राना मगर, मगर संघ जिल्ला सदस्य कुशुम बुढा मगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव मनबहादुर थापा ‘मनिष’, बौद्ध सेवा समिति गण्डकी प्रदेश उपाध्यक्ष सुवेदार श्यामबहादुर राना मगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश अध्यक्ष विष्णु आले, आदिवासी जनजाति पत्रकार महासंघ बागलुङका अध्यक्ष संघम घर्ती मगर लगायतले बोलेका थिए ।

कार्यक्रम नेपाल मगर संघ बागलुङ नगर समितिका अध्यक्ष हिराबहादुर थापाको अध्यक्षता, देउराली आमा समुहकी अध्यक्ष तनसरी रोका मगरको स्वागत र नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष सागर घर्ती मगरको संचालनमा सम्पन्न भएको थियो ।

संघले बिहान १२ बजे मगर संघको भवनबाट बृहत ¥याली सुरु गरि रुद्रे पिपल, बसपार्क, जिल्ला प्रशासन, देरालीचोक, लालीगुराँसचोक, शिवधाराचोक, श्रीनगर चोक हुँदै उपल्लाचौर पुगेर पुनः जिपपार्क, धौलागिरीचोक, लोकचान्त्रिकचोक हुँदै मगर संघको भवनमा आएर सभामा परिणत भएको थियो ।

¥यालीमा सहभागीहरुले सम्पूर्ण मगरहरु एक हौँ, प्रथम सहिद लखन थापा मगर अमर रहुन्, मगर एकता जिन्दबाद, नेपाल हाम्रो देश हो : मगरात हाम्रो घर हो, बहुभाषीय विश्वविद्यालय स्थापना गर लगाएतका नारा लगाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *