‘स्वास्थ्यकर्मीको चाहना, स्वस्थ नागरिकको कामना’

आदर्श अनलाइन, बागलुङ

‘स्वास्थ्यकर्मीको चाहना, स्वस्थ नागरिकको कामना’ भन्ने नाराका साथ बागलुङमा स्वास्थ्य दिवस २०७७ मनाइएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा पत्रकार संग अन्तरक्र्रिया गरी दिवस मनाइएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक सुरज गुरौले मानिस स्वस्थ रहनका लागि शारिरिक, भावनात्मक, मानसिक र सामाजिक स्वास्थ्य राम्रो हुनुपर्ने बताउनुभयो । संविधानले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचको हकहुने व्यवस्था गरेकाले सबै नागरिकले आधारभुत स्वास्थ्य सेवापाउनुपर्ने भनाई राख्नुभयो ।

कार्यालयले स्थानीयतह संग समन्वय गरी खोप कार्यक्रम, बाल रोगको एकिकृत व्यवस्थापना, शिशु तथा बाल्यकालिन पोषण, परिवार नियोजन, महामारी व्यवस्थापन, क्षयरोग, कुष्ठरोग व्यवस्थापन लगायतका सेवाप्रदानगर्दै आइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

बागलुङका १० वटा स्थानीयतहका २ लाख ८४ हजार जनसंख्यालाई स्वास्थ्य सेवाप्रदानगर्ने कार्यालयको लक्ष्य छ । जिल्लामा ९ सय ५० महिला सामुदायिक स्वास्थ्य स्वयसेविका, १ सय ८६ वटा खोप केन्द्र, १ सय ४४ वटा बाह्यक्लिनिक, १४ वटा सामुदायिक स्वास्थ्यइकाई, ४ वटा शहरी स्वास्थ्य केन्द्र, ५८ वटा स्वास्थ्य केन्द्र, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४७ बर्थिङ सेन्टर रहेको पनि जानकारी दिनुभएको थियो ।

यस्तै दिवसका अवसरमा बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले नेपालमा विगत र वर्तमान स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । झाडापखाना, सरुवा रोग, कुपोषणबाट मर्नेको संख्यापहिले धेरै रहेको भएपनि अहिले स्वास्थ्य सेवाको पहुँचमा धेरै मानिस रहेको हुँदा यस खालको समस्या घट्दै गएको बताउनुभयो ।

अहिले बालकमृत्युदर तथा मातृ मृत्युदर एवं सरुवा रोगको प्रकोप घटेको भएपनि मानिसहरुको बिलासी जिवनका कारण नसर्ने रोग बढ्दै गएको जानकारी दिनुभयो । यस्तै निजामती कर्मचारी मध्य ४० प्रतिशत स्वास्थ्यकर्मीको संख्या रहेता पनि बढुवा तथा अन्य बिषयमा समेत राज्यले स्वास्थ्यकर्मीलाई बिभेद गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा आयुर्वेद कार्यालय प्रमुख डा.सरोज रायले आयुर्वेद चिकित्सा पद्धतीका बारेमा जानकारी दिदैँ स्वस्थ स्वास्थ्यका लागि दैनिक योग गर्न सुझाव दिनुभयो । उहाँले व्यायम भन्दा योग राम्रो भएकाले कम्तिमा दैनिक ४५ मिनेट योग गर्न सुझाव दिनुभएको थियो ।

यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कोषाध्यक्ष बिजय रानाले कोरोना महामारीका समयमा स्वास्थ्यकर्मीले खेलेको भुमिका अत्यन्तै स्रहानिय रहेको भन्दै आगामीदिनमा थप शसक्त भएर अगाडी बढ्न आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालय प्रमुख गुरौको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन घनश्याम गौतमले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *