दिवा खाजा कार्यक्रमले अन्त्य ग¥यो हुँदा खाने र हुने खाने विद्यार्थी बीचको भेद

सिर्जना पन्त, बागलुङ
बागलुङको जैमिनी नगरपालिका– का शिशिर थापा मगर स्थानीय दुर्गा प्राथमिक विद्यालयको कक्षा १ मा अध्यन गर्नुहुन्छ । कार्तिक महिनाको अन्तिमबाट विद्यालय जान थालेका शिशिरलाई सुरुको दिनमा बानी बसाल्न निक्कै ग्राहो प¥यो ।

शिशिरका आमा रिमा थापाले उहाँलाई बोकेर विद्यालय लैजानु हुन्थ्यो, छोरालाई विद्यालयमा छोडेर घर फर्कन निक्कै ग्राहो । विस्कुट, मिठाई र चाउचाउको प्रलोभन देखाएर सानो छोरालाई विद्यालय छोडेर घर फर्कदा उहाँको मन पटक–पटक अमिलो हुन्थ्यो ।

तर विद्यालयले मंसिर महिनाबाट दिवा खाजा कार्यक्रम सञ्चालन ग¥यो । कक्षा शिक्षिकाले आज सबै साथिहरुले मिठो हलुवा खाने, मिसले हलुवा पकाउँदै हुनुहुन्छ भनेर फकाउन थालेपछि भने शिशिरको विस्तारै विद्यालयमा नियमित आउने र बस्ने बानी पर्न थाल्यो ।

विद्यालयले मंसिर महिनाबाट नियमित रुपमा ५४ जना बालबालिकालाई खाजा खुवाउँदै आएको विद्यालयका प्रधानध्यापक रबी प्रसाद सापकोटा बताउनुहुन्छ । विद्यालयले बालबालिकालाई खाजा खुवाउन सुरु गरेपछि अभिभावक समेत उत्साहित भएर सहयोग गर्न थालेको उहाँको भनाई छ । ‘पछिल्लो समय जन्मदिन, विवाहको वर्षगाठको अवसरमा अभिभावकले स्वइच्छाले एकदिनको खाजा खुवाउने समेत गर्न थाल्नुभएको छ,’ सापकोटाले भन्नुभयो ‘विद्यार्थी जस्तै अभिभावक पनि उत्साहित हुँदा नगरपालिका र विद्यायको अभियानलाई थप सहयोग पुगेको छ ।’

कोरोना महामारीको कारणले चैत देखि देशमा लकडाउन भएपछि लामो समय सम्म बन्द रहेका विद्यालय कार्तिक महिनाबाट नियमित सञ्चालनमा आउन थाले । विद्यालय नियमित सञ्चालनमा आएपनि कोरोनाको डर र गाउँघरमा खेल्ने बानी लागि सकेका स–साना बालबालिकालाई विद्यालयमा ल्याउन र रोकि राख्नको लागि हम्मे हम्मे प¥यो । यहि अफ्ट्यारोको विचमा दिवा खाजा कार्यक्रमले भने अभिभावक र विद्यालयलाई विद्यार्थीलाई विद्यालयमा नियमित आउने वातावरण बनाउन सहयोग गरेको छ ।

जैमिनी नगरपालिका–१० को जनता माध्यामिक विद्यालयको कक्षा २ मा अध्यनरत चित्र बहादुर नेपाली विद्यालयमा नियमित नआउने, आइहाले पनि विचमै विद्यालयबाट भागेर घर जाने विद्यार्थीमा पर्नुहुन्थ्यो । तर पछिल्लो ३ महिनामा नेपाली १ दिन पनि विद्यालयमा अनुपस्थित भएको र विचमै कक्षा छोडेर भागेको रेकर्ड नभएको उहाँका कक्षा शिक्षीका पुतली थापा बताउनुहुन्छ ।

परिवारको आर्थिक अवस्था कमजोर हुनु, आर्थिक अवस्था राम्रो भएपनि सामुदायीक विद्यालयमा अध्यायन गर्ने बालबालिकालाई अभिभावकले खाजा नपठाउदा विद्यार्थीहरु नियमित विद्यालय नआउने र आइहाले पनि विचमै घर जाने गरेको थापाको भनाई छ । ‘कसैको अभिभावकले खाजा पठाउनु हुन्छ, कसैको विहान बेलुका घरमै छाक टार्न मुस्किल छ,’ थापाले भन्नुभयो ‘ दिवा खाजा कार्यक्रम सञ्चालनमा आएपछि कुनै विद्यार्थीले खाएको कसैले टुलु टुलु हरेर बस्नुपर्ने दिनको समेत अन्त्य भएको छ ।’

तर जैमिनी नगरपालिकाले मंसिर महिनाबाट नगरपालिकाका सबै सामुदायीक विद्यालयको बालविकास देखी कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्न बजेट पठाउन थालेपछि नगरको लक्ष्य अनुसार विद्यालयमा विद्यार्थीको नियमितता र निरन्तरतामा उल्लेख्य सुधार आएको छ ।

नगरपालिकाका ८० विद्यालयका २ हजार ९ सय ६६ र ६८ वटा बालविकास केन्द्रका ६ सय ९८ गरि ३ हजार ६ सय ६४ बालबालिकालाई दिवा खाजा खुवाउने गरि प्रति दिन १५ रुपैयाँका दरले बजेट छुट्याएको जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकार खेम आचार्यले बताउनुभयो । सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र भर्ना भएका विद्यार्थीलाई पनि नियमिति विद्यालय आउने वातावरण बनाउनको लागि दिवा खाजा कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई छ । दिवा खाजा कार्यक्रम सञ्चालनमा आएपछि आर्थिक अवस्था कमजोर भएका, दलित जनजातीको बाहुल्यता रहेको जैमिनी नगरपालिकामा शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउँदै अभिभावक र परिवारको आर्थिक बोझ कम हुने आचार्यको भनाई छ ।

विद्यालयले स्थानीय उत्पादनलाई समेत प्रोत्साहन पुग्ने गरि कोदो, चामल, चना र अण्डका परिकार विद्यार्थीलाई खुवाउने गरेका छन् । आइतबार कोदाको हलुवा, सोमबार चामलको सेलरोटी, मंगलबार चना र अण्डा, बुधबार कोदाको हलुवा, विहिबार पुरी तरकारी र शुक्रबार चना अण्डा खुवाउने गरेको जनता माध्यामिक विद्यालयका प्रधानध्यापक खगराज शर्माले बताउनुभयो ।

३ सय भन्दा बढी विद्यार्थी रहेको जनता माध्यामिक विद्यालयले बालविकास देखी ५ कक्षा सम्मका १ सय ३१ जना बालबालिकालाई नियमित खाजा खुवाउँदै आएको छ । ‘अभिभावकले छोराछोरीलाई खाजा नपठाउने, कसै कसैले पठाई हाले पनि टाठो बाठो बच्चाले बाटैमा खोसेर खाइदिने,’ प्रधानध्यापक खगराज शर्मा भन्नुभयो ‘विद्यालयमै खाजा र खाजामा पनि एकरुपमा आउँदा हुँदा खाने र हुने खाने विद्यार्थी विचमा देखिने विभेद समेत अन्त्य भएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *