कालिका मन्दिरको महत्व विश्वव्यापी बनाउनुपर्दछ : उपकुलपति गुरुङ

आदर्श अनलाइन, बागलुङ
बागलुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिक दर्शन वर्ष २०८०’ सफल पार्नका लागि अभियान शुरु गरेको छ । उक्त अभियान सफल पार्नका लागि कालिका भगवती गुठि व्यवस्थापन समितिले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई बाहिर ल्याउन थालेको छ ।

मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पु¥याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा कालिका मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको बारेमा अन्तरक्रिर्या तथा बहस कार्यक्रम गरेको छ । अन्तरक्रिर्या कार्यक्रममा बोल्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कालिका मन्दिरको महत्व निकै फर क तथा ऐतिहासिक रहेपनि यसलाई नयाँ पुस्तामा जानकारी दिन नसकिएको बताउनुभयो ।

उहाँले नेपालमात्रै हैन विश्वका धार्मिक पर्यटकहरुको आर्कषण केन्द्रका रुपमा कालिका मन्दिरलाई चिनाउन सकिने बताउनुभयो । धार्मिक महत्व बोकेको पवित्र कालिगण्डकी नदि संग कालिका मन्दिरको सामप्तिा रहेको भन्दै कालिका मन्दिरको प्रचार प्रसारमा अझै कमि आएकाले यसकोे महत्वलाई सबैसामु पु¥याउनु पर्ने उहाँको जोड छ । “कालिगण्डकीको शक्ति पीठ भनेकै कालिका मन्दिर हो” गुरुङले भन्नुभयो “ऐतिहासिक सम्पदा बुझाउन नसक्नु हाम्रो कमजोरी हो, कालिका मन्दिरको महत्व अन्य शक्तिपीठ भन्दा अझै बढी छ ।”

अब स्थानीय सरकारलेनै यसको अपनत्व र प्रचार प्रसारमा लागनुपर्ने भन्दै गुरुङले पर्यटन र आर्थिक विकासका लागि कालिका मन्दिर कोशे ढुङ्गा हुँने बताउनुभयो । “हामीले नगरे कस्ले गर्छ कालिका मन्दिरको महत्व सबैमा पु¥याउ, थाम्न नसक्ने धार्मिक पर्यटक हाम्रै पालामा आउनेछन्” उहाँले भन्नुभयो “सम्पादा संरक्षण मात्रै हैन यसको महत्व र आवश्यकता जनतामाझ जानुपर्दछ, तीन तहका सरकारले सहयोग गर्नु पर्दछ ।”

कालिका शक्ती पीठ भएकोले संसारका धार्मिक पर्यटकहरुको आर्कषण रहने भन्दै उहाँले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वनै पर्यटक लोभ्याउने माध्यम हो ।”

पाल्पाका राजाकी छोरी बिबाह भएर पर्वते राजाकोमा आउने क्रममा ल्याएको दाइजो स्वरुपको कालीका बसेको किंवदन्तीलाई प्रचारमा ल्याउनुपर्ने भन्दै उपकुलपति गुरुङले पवित्र कालिगण्डकी संग मनिदरलाई संगै जोडेर लैजानुपर्ने बताउनुभयो । दुई धर्मालम्बीहरुको एउटै मार्गका रुपमा रहेको कालिगण्डकी करिडोरले मुक्तिनाथ सम्म आएकार पर्यटकलाई आर्कषण गर्ने बताउनुभयो ।

अहिलेको आधुनिक तथा अनलाईनको युगमा बहुभाषमा कालिका मन्दिरको जानकारी दिन सके प्रचार प्रसार राम्रो हुने उहाँको धारण रहेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले धेरै धार्मिक पर्यटकहरुलाई आर्कषित गर्नका लागि आगमी २०८० साललाई कालिका दर्शन वर्ष घोषणा गरेको छ । कालिका दर्शन वर्ष २०८० मा ४० लाख भन्दा बढी धार्मिक पर्यटकहरु भित्राउने लक्ष्य रहेको कालिका भगबती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

२०८० सालको योजना सफल पार्नका लागि आजैबाट दर्शन वर्ष अभियान शुरु गरिएको र जस अन्र्तगत आइतबार कालिकाको ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्वका विषयमा सरोकारवाला संग छलफल गरिएको हो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री चम्पा खड्का, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, धौलागिरी बहुमुखी क्यामपसका प्राध्यापक डा. दिनबहादुर थापा, सरस्वती बहुमुखी क्याम्पसका प्राध्यापक षडानन्द पौडेल, बागलुङ पर्यटन समितिका वरिष्ठ उपाध्यक्ष राज थापा, साहित्कार प्राज्ञ प्रेम छोटालगायतले कालिका मन्दिरको धार्मिक र ऐतिहासिक महत्वका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कालिका भगबती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता, निशान खड्काको संचालन कार्यक्रम सम्पन्न भएको थियो ।

कालिका मन्दिरले मन्दिर संग जोडेर बागलुङका अन्य धार्मिक पर्यटकीय स्थल पञ्चकोट, शालग्राम संग्रहालय, ढोरपाटन, गाजादह, जैमिनी धाम तथा विश्वकै लामो दावि गरिएको झोलुङ्गे पुल संग जोडेर प्रचार प्रसार गर्न थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *