जादा जादै प्रजिअको पत्रकार भेटघाट : सेवा र सुशासनमा सुधार

आदर्श अनलाइन, बागलुङ
बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने सिन्धुली सरुवा हुनु भएको छ । फागुन १४ गते गृहमन्त्रालयले न्यौपानेसहित ३३ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित र गृहमन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा हुँदा गरेको थियो ।

सरुवा भएर सिन्धुली जान थाल्नुभएका प्रमुख जिल्ला अधिकारी न्यौपानेले सोमबार पत्रकारहरुसंग कुरा गर्दै जिल्लामा छोटो समयमा शुसासनको क्षेत्रमा केही भएपनि सुधार गरेको बताउनुभयो । उहाँले आफू आएपछि गरेका गतिबिधिहरुको प्रत्रकार समक्ष जानकारी गराउनुभएको थियो । उहाँले छोटो समयमा शान्ति सुरक्षा, सरकारी सवारी साधनमा सार्वजनिक बीदामा पास अनियार्व लगाु गरिएको लगायतका कुरा जानकारी गराउनुभएको थियो ।

न्यौपाने गत साउन ५ गतेको बागलुङमा आउनुभएको थियो । बागलुङमा आएको करिब ७ महिनाको अवधिमा शान्ति सुरक्षा लगायतका क्षेत्रमा सुधार गरेको उहाँले बताउनुभयो । न्यौपानेले कोरोना भयावह अवस्थामा बागलुङमा आएको भन्दै कारोना नियन्त्रणमा आफू सफल भएको दाबी गर्नु भयो । आफू जिल्लामा आए लगत्तै जिल्लामा अपराध नियन्त्रण गर्नका लागि क्राईम म्याप निर्माण गरेर लागेको बताउनुभयो ।

‘म बागलुङमा आएपछि यहाँको शान्ति सुरक्षा र अपराध नियन्त्रण र विशेषगरी शुसासन कायम गर्नका लागि ‘क्राइम म्याप’ बनायौँ र अपराधीलाई नियन्त्रणमा लिने काम भयो,’ प्रजिअ न्यौपानेले भन्नुभयो ‘ठूलो मात्रामा अवैध रुपमा रहेका हात–हतियार र लागुपदार्थ बरामद ग¥यौँ ।’

उहाँले विपद् व्यवस्थापमा पनि आफूले सहजिकरण तथा अनुगमन गरेको भन्दै विपद्मा परेकालाई राहत वितरण गर्ने र पुनस्र्थापितका लागि पहल भइरहेको बताउनुभयो । उहाँले जिल्लालाई विपद् ग्रस्त क्षेत्रको सूचिमा पारेको भन्दै बाढी पहिरो पीडितका लागि छिटै आवस निर्माणको लागि समन्वय गरिरहेको र छिट्टै पुननिर्माणका लागि कार्यालय स्तथापना गरिने जानकारी दिनुभयो ।

उहाँले कार्यालयमा आउने सेवा ग्राहीको सहजताको लागि नागरिक सहायता कक्ष स्थापना गर्नेदेखि नागरिकता विवाद समाधान र कृते नागरिकता छानबिनको काम समेत थालनी गरेको बताउनुभयो ।
प्रजिअ न्यौपानेले कोरोना महामारीको समयमा सवारीपास लागि धेरै झण्झड भएको भन्दै त्यसलाई पनि सहज बनाएको बताउनुभयो । उहाँले बिदाको समयमा सरकारी सवारी साधानको लागि सवारी पास अनिवार्य गराएको भन्दै अहिले यसको कार्यान्वयन हुन थालेको बताउनुभयो ।

‘हामीले जिल्लाका सबै सरकारी कार्यालयका सवारी साधानहरुको बिदाको दिन सवारी पास बनाएर कार्यान्वयनमा ल्याएका छौँ, यसका विषमा सुरुमा गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिहरुले आनाकानी गर्नु भयो, अहिले कार्यान्वयन हुन थालेको छ, शुसानमा यो ठूलो उपलव्धी हो ।’ प्रजिअ न्यौपानेले भन्नुभयो ।

उहाँले अवैध रुपमा नदी उत्खन्न् गर्नेलाई पनि नियन्त्रण गरेको भन्दै दर्ता नभएका उद्योगलाई कानुनी दायरामा ल्याएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *