सवारी निषेध क्षेत्र ‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान

आदर्श अनलाइन, बागलुङ

कुनै दिन पर्यटकले भभिराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्टे«लियन क्याम्पमा चहल पहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फ्याट्ट फुट्ट आन्तरिक पर्यटक बाहेक अहिले हाइकिङको गन्तव्यको रुपमा रहेको चर्चित अष्टे«लियन क्याम्प सुनसान भएको अष्टे«लियन क्याम्पका पर्यटन व्यवसायी बताउँछन् ।

कुनै बेलाको गौचरन ठूलो खर्क अहिले पर्यटनका लागि प्रख्यात भए पनि कोरोनाले समस्या ल्याएको ट्रेकिङ व्यवसायी बताउँछन् । पोखराको फेदी देखि पदयात्रा मार्फत धम्पुस हुँदै अष्ट्रेलियन क्याम्प र अष्ट्रेलियन क्याम्प हुँदै फर्किदा काँडे आउने पदमार्गको रुट छ । तर, पछिल्लो समय धम्पुस सम्म सडक पुगेपछि धम्पुसबाट एक घण्टाको पदयात्रा गरी अष्ट्रेलियन क्याम्प पुग्न सकिन्छ ।

हाइकिङ गरी अष्टे«लियन क्याम्प पुगेका पर्यटक आँखै अगाडिको माछापुच्छ्रे« हिमाल देखेर मोहित हुने गरेका छन् । कोरोना भयावहका कारण विदेशी पर्यटक आउने क्रम रोकिए पछि अष्टे«लियन क्याम्प एक वर्षदेखि सुनसान भएको अष्टे«लियन क्याम्पमा २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका अष्टे«लियन क्याम्प गेष्ट हाउस तथा रेष्टुरेण्टका सञ्चालक हरीबहादुर केसीले बताउनुभयो ।

“यो स्थान विशेषगरी विदेशी पर्यटकको रोजाइमा पर्दछ, सिजनमा पुरै क्याम्पनै भरिने गरी पर्यटक आउँथे” केसीले भन्नुभयो “सिजनको समयमा झण्डै दैनिक ३ सय विदेशी पर्यटक आउने अष्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान छ ।” कोरोना पछि केही आन्तरिक पर्यटक हाइकिङका लागि मात्रै आउने गरेका केसीको भनाई छ । अष्ट्रेलियन क्याम्पमा झण्डै तीन करोड लगानीमा होटल व्यवसाय सञ्चालनमा ल्याउनुभएका उहाँले अहिले जस्तो सुनसान २० वर्षको अवधीमा कहिल्यै नभएको बताउनुभयो । अहिले होटलमा अहिले कामदार छैनन् । परिवारका सदस्य मात्रै पर्यटक कुरेर बस्दै आएका छन् । कोरोना अघि उक्त होटलमा चार जना कामदार थिए । अहिले होटलमा पर्यटक आउन छोडेपछि कामदारलाई बिदा दिइएको हो ।

१५ वर्षदेखि अष्ट्रेलियन क्याम्पमा माछापुच्छ«्रे लज सञ्चालन गर्दै आउनुभएका शिव देवकोटाले अहिले घाँस, दाउरा गरेर समय कटाएको बताउनुभयो । जंगलको बीचमा रहेको उक्त अष्ट्रेलियन क्याम्प निकै मनमोहक छ । उक्त क्याप भित्र टेण्टमा बास बस्ने सुविधा समेत छ । जसमा रात कटाउन पर्यटकहरु रुचाउने गरेका छन् । “अहिलेको अवस्था शुन्य छ, अब पर्यटक आउने आशा छ” देवकोटाले भन्नुभयो “पर्यटकलाई लक्षित गरी पालिएको बाख्रा, कुखुरा तथा तरकारीहरु त्यसै छन्, पर्यटक आउँदा खोसाखोस हुन्थ्यो ।”

चरिचरन रहेको अष्ट्रेलियन क्याम्पलाई पहिला स्थानीयले ठूलो खर्कको रुपमा चिन्थे । माछापुच्छ्रे« र अन्नपूर्ण हिमाल आँखै अगाडि देखिने, मिलेको भू–बनोट र प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त ठूलो खर्कमा २० वर्ष भन्दा अघि अष्ट्रेलियनहरुले क्याम्प खडा गरेर बास बसेका कारण ‘अष्ट्रेलियन क्याम्प’ को नामले चिनिन थालेको हो । समुद्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको अष्ट्रेलियन क्याम्प अहिले पर्यटकको पखाईमा छ ।

भौगोलिक रुपमा निकै रमणीय रहेको अष्ट्रेलियन क्याम्पको मुख्य आर्कषक अस्थायी क्याप खडा गरी टेन्टमा बस्नु हो । पहिला पर्यटक आफैले टेन्ट तथा खानेकुरा लगेर जाने यस स्थानमा पछिल्लो समय होटलहरु सञ्चालन हुनाले केही सहज भएको छ । अन्नपूर्ण तथा मर्दी हिमालको आधार शिविर जाने पदमार्गकै छेउछाउ भएकाले पनि यो ठाउँ निकै प्रख्यात भएको थियो ।

यहाँको होटल व्यवसायीले मानिसलाई बोकाएर खाद्यान्न लैजाने गरेका छन् । यस क्षेत्रमा खानेपानीको भने समस्या छ । विदेशी पर्यटक आउन केही ढिला हुने भए पछि आन्तरिक पर्यटकलाई ल्याउन प्रचार प्रसार जस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँले कोरोनापछि घान्द्रुकमा आन्तरिक पर्यटक बढेको बताउदै अष्ट्रेलियन क्याम्पमा पनी नेपाली पर्यटकहरु पुग्न शुरु भइसकेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *