विभाजन सकसः बागलुङमा पनि राखियो एमालेको बोर्ड

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङको पार्टी कार्यालयमा फेरि नेकपा एमालेको बोर्ड राखिएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भए पछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइन बोर्ड फेरेर मंगरबार नेकपा एमालेको बोर्ड राखिएको हो ।

यो कार्यालयमा दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै बोर्ड थियो । चुनावी गठबन्धन गरेर ऐतिहासिक जित हासिल गरे पछि अन्ततः दुवै पार्टी बीच एकीकरण भएको थियो । तर, एकीकरणको केही वर्ष यताबाट पार्टीको आन्तरिक विवाद चुलिँदै गयो । र बिधानतः बिभाजन हुने अवस्था नभए पनि औपचारिक रुपमा केपी ओली पक्ष तथा प्रचण्ड र माधव नेपाल पक्ष दुई धारमा बिभाजित अवस्थामा पुगेका थिए ।

सर्वोच्च अदालतले आइतवार एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरण अघि नै ऋषि कट्टेलले दर्ता गरेकाले उक्त पार्टी खारेज गर्दै साविककै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो । यो परमादेश पछि नेपाली राजनीति तरंगित छ ।

नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालयमा प्रचण्ड–माधव समूहले संचालन गरेको थियो । तत्कालीन नेकपाको केपी ओली पक्षले अन्यत्रैबाट पार्टी गतिविधि संचालन गर्दै आएका थिए ।

नेकपा एमालेका नेता इन्द्रलाल सापकोटाले प्राबिधिक रुपमा पार्टी छुट्टाछुट्टै भए पछि अब एमाले भित्रै रहेर पार्टी भित्रका खराब पात्र र पवृत्तिका विरुद्धमा संर्घष गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि कम्युनिस्ट पार्टीलाई एक बनाएर जाने भन्दै एकताको पक्षमा लाग्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता अनिल गैरेले पार्टी कार्यालय स्थापना सम्बन्धी छलफल भइरहेको भन्दै बिहीबारबाट पार्टीको छुट्टै कार्यालय राख्ने बताउनुभयो । ‘अहिले छलफल भईरहेको छ, बिहीबार) बोर्ड राखेर जानकारी गराउँछौँ’ गैरेले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *