बागलुङका व्यवसायीको गुनासै गुनासो

डम्मर बुढा मगर, बागलुङ
बागलुङका व्यवसायीहरुले सरकारसँग आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कोरोना महामारी पछि धेरै व्यवसायमा संकट सिर्जना हुँदा समेत व्यवसायीलाई प्रोत्साहित गर्न कार्यक्रम ल्याउनुको साटो अनावश्यक दुःख दिने काम भइरहेको आरोप लगाए ।

‘कोरोना महामारीको समयमा हामीले सरकारलाई निकै ठूलो सहयोग ग¥यौँ, तर सरकारले उल्टै हामी माथि दुव्र्यवहार ग¥यो,’ व्यवसायीहरुले भने ‘त्यस समयमा हामीले आफ्नो व्यवसाय बन्द गरेर बस्यौँ, लाखौँको घाटा बेहो¥यौँ तर अनुगमनको नाममा हामीलाई नियतवस दुःख दिन खोजियो ।’ उनीहरुले कोरानाले थला परेको व्यवसायलाई माथि उठाउन सरकारले उद्योग व्यवसायमैत्री कार्याक्रम ल्याउन समेत माग गरे ।

जिल्ला सदरमुकाम बागलुङ बजारमा घरेलु उद्योग महासंघको शाखा कार्यालय बागलुङले आयोजना गरेको निजी क्षेत्रसँग अन्तरक्रिया तथा योजना तर्जुमा कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले कोरोना कहर पछि व्यवसायमा गम्भीर असर परेकाले अब व्यवसायीलाई मद्दत गर्ने समय आएको बताएका थिए ।

‘यति बेला हामी निकै अप्ठ्यारो अवस्थामा छौँ, व्यवसाय गरौँ लगानी गर्न सक्ने अवस्था छैन, बन्द गरौँ, पेट पाल्न सकिँदैन, निकै गाह्रो भएको छ,’ व्यवसायीले भने ‘सरकारले हाम्रा लागि सहुलियत कर्जा, त्यो अनुसारको सिप र ‘प्लाट फर्म’ दिलाउन सक्यो भने पहिलाको स्थितिमा आउन सक्थ्यो कि भन्ने आशा छ ।’ मुलुकको परिवर्तनका लागि अधिकांश निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै व्यवसाय र निजी क्षेत्र राम्रो नभए सम्म विकास र समृद्धिले गति लिन कठीन हुने सहभागीको भनाई थियो ।

व्यवसायी दुर्गाबहादुर विकले कोरोनाले गर्दा व्यवसाय बन्द गरेर हिँड्नु पर्ने अवस्था सिर्जना भएको भन्दै सरकारी निकायबाट कुनै पनि सहयोग हुन नसकेको गुनासो गर्नुभयो । कुनै पनि व्यवसायी संकटमा पर्दा सरकार मुकदर्शक भएको भन्दै कोरोना केन्द्रित राहत प्याकेज आउन नसकेको उहाँको भनाई थियो । ‘व्यवसायीहरु कोरोनासँगै विभिन्न विपद्मा समेत परेका छन्, कोही आगलागी, कोहीको बाढी पहिरोमा क्षति भएको छ,’ उहाँले भन्नुभयो ‘तर राहत समेत पाउन सकिराखेका छैनन्, सरकारले थोरै पनि सम्बोधन गर्न सकेन, यो दुःख लाग्दो कुरा हो ।’

घरेलु कार्यालयले वास्तविक उद्यमी, युवा, बेरोजगारी र कृषकलाई पहिचान गरेर तालिम र अनुदानको व्यवस्था गर्नु पर्नेमा व्यवसायीको जोड छ । व्यवसायी र बेरोगारीको नाममा अन्य व्यक्तिले अनुदान पाउने र त्यो क्षणिक रुपमै बन्द हुने गरेको प्रति पनि उनीहरुको आक्रोश थियो ।

‘यहाँ त पहँचको आधारमा सेवा लिने दिने गरिन्छ, सेवा पाउनेले सेवा पाउँदैन, जसको पहुँच छ, जो टाठोबाडो छ उसैले सेवा लिईराखेको छ,’ उहाँले भन्नुभयो ‘दूर दराजमा रहेकाहरुले लिन सकेका छैनन् , किनकी उनीहरुको पहुँच पनि पुगेको छैन र सम्बन्धित निकायले त्यता तिर ‘फोकस’ गर्न सकेको छैन ।’

सरकारले संचालन गर्ने सिपमुलक र रोजगारमूलक कार्यक्रम निजी क्षेत्रसँग सहकार्य हुनुपर्ने माग समेत व्यवसायीहरुको छ । ‘सरकारले स्वरोजगार मूलक, सिपमुलक विभिन्न कार्यक्रम गर्छ, निजी क्षेत्रसँग कुनै पनि सहकार्य गरेको पाइँदैन,’ व्यवसायीले भने ‘व्यवयासीको हितका लागि गरिएको कार्यक्रम हो भने त सहकार्य हुनुप¥यो, ठूलो सहयोग गर्नु पर्दा व्यवसायी तम्सिनु पर्ने अप्ठ्यारोमा सरकारले सहयोग नगर्ने ?’

बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारीले जिल्लाका व्यवसायी जिम्मेवार भएको र यहाँका व्यवसायीकै कारण आन्तरिक राजश्व कार्यालय बागलुङ देशमै उत्कृष्ट भएको बताउनुभयो । ‘बागलुङका व्यवसायी धेरै इमान्दार र जिम्मेवार छन्, उनीहरुले सरकारलाई तिर्नु पर्ने राजश्व इमान्दारपूर्वक समयमै तिर्दै आएका छन्, व्यवसायलाई पनि चुस्त दुरुस्त पार्दै आएका छन्,’ अध्यक्ष राजभण्डारीले भन्नुभयो, ‘हामी अपारदर्शी, बेइमानी भएको भए कसरी राजश्व कार्यालय उत्कृष्ट हुन्थ्यो ।’

कार्यक्रममा संघका महासचिव नरेश कँडेलले घरेलु उद्योग कार्यालयले जिल्लाभरका उद्यमी व्यवसायीलाई केन्द्रित गरेर कार्यक्रम र सेवा दिन सक्नुपर्ने बताउनुभयो । ‘अहिले घरेलु कार्यालयको क्षेत्र अलि सिमित दायरामा भए जस्तो देखिन्छ, जसले गर्दा धेरै नागरिकले यसबाट पाउने सेवा सुविधाबाट वञ्चित भएका छन्,’ महासचिव कँडेलले भन्नुभयो ।

बैंकिङ र वित्तिय क्षेत्रमा आवद्ध धेरै व्यवसायी भएको हुँदा आगामी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि वित्तिय साक्षरता कार्यक्रम महत्वपूर्ण हुने उहाँको भनाई छ । साना उद्योगहरुले उत्पादन गरेका उत्पादित वस्तुहरुले बजार पाउन नसकेको भन्दै घरेलुले सहयोग गर्नु पर्नेमा व्यवसायीले जोड दिएका थिए ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले राज्यले व्यवसाय अनुकुलको वातावरण सिर्जना गरि दिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायलाई सही दिशामा अगाडी बढाउनका लागि राज्यको ठूलो भूमिका हुने भन्दै समय–समयमा व्यवसायीसँग कार्यक्रम गर्ने र व्यवसायीमुखी वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

ऐन कानुनका कारण पनि केही उद्योगहरु संचालन गर्न स्थानीय स्तरमा समस्या रहेको भन्दै त्यसलाई पनि सरकारले सहज बनाई दिनुपर्ने बताउनुभयो । उहाँले प्रकृतिमा रहेका खानीबाट उत्पादनसँग जोडिन कानुनी रुपमा झण्झट भएको भन्दै त्यसलाई सहज बनाइनु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा उद्योग वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशकी उमा गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराजराज भण्डारी, राष्ट्रिय वाणिज्य बैंक बागलुङ शाखाका प्रबन्धक विजयराज पौडल, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज रिजाल लगायतले मनतव्य राखेका थिए ।

घरेलु तथा उद्योग कार्यालय बागलुङले चालु आर्थिक वर्षको हालसम्म ४० जनालाई उद्यमशीलता विकास तालिम दिएको छ । कार्यालयले यो तालिम १२० जनालाई दिने लक्ष्य राखेको घरेलु तथा उद्योग कार्यालय बागलुङकी प्रमुख गुमादेवी शर्माले जानकारी दिनुभयो ।

परम्परागत सिपमा आधारित व्यवसाय प्रवद्र्धन तालिम ४० जनालाई दिने लक्ष्य राखेकोमा ३० जनालाई दिइसकेको शर्माको भनाई छ । रोजगारमूलक तालिम ४० जनालाई दिइसकेको प्रमुख शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *