डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन शेरबहादुर देउवालाई साथ दिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पौडलले ओलीलाई हटाउन कांग्रेस सहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीको एकता आवश्यक रहेको बताउनुभयो ।
‘अब केपीलाई हटाउनु पर्छ, यिनले लोकतन्त्रलाई कमजोर बनाए, मुलुकलाई दुर्घटना तर्फ धकेले,’ नेता पौडेलले भन्नुभयो ‘मैले त मेरो सभापतिलाई भनि सकेँ, तपाई प्रधानमन्त्री भए पनि अरुला कसैलाई बनाए पनि बनाउनु तर ओलीलाई हटाउनुप¥यो, हाम्रो साथ छ ।’
प्रधानमन्त्रीले अदालतले संसद पुनस्र्थापना गर्ना साथ राजिनामा दिनु पर्ने भन्दै अझै पदमा रहिरहनु लज्जास्पद भएको बताउनुभयो । नेपालको राजनीतिमा ओलीले विकृती भित्रायएको भन्दै यसको अन्त्य गर्ने जिम्मेवारी कांग्रेसको भएको पौडेलको भनाई छ ।
‘सर्वोच्चले फैसला सुनाउन साथ ओलीले राजिनामा दिनु पथ्र्यो, तर अझैसम्म पनि दिएका छैनन्, योभन्दा लज्जासपद त अरु केही हुनै सक्दैन,’ उहाँले भन्नुभयो ‘यिनले गर्दा नेपालको राजनीतिमा विकृती भित्रियो, यसको निराकरण गर्ने जिम्मा अब कांग्रेसको काँधमा आएको छ ।’
उहाँले मुलुकलाई बर्वादी तर्फ लैजाने ओलीलाई सत्तामै राख्दा मुलक झनै खतरामा जाने भन्दै उनलाई सत्तामै राख्न विभिन्न खेलहरु भइरहेको पौडेलले बताउनुभयो ।
‘केपी ओली सत्तामा रहन हुँदैन, यो राष्ट्र बर्वादी तिर लग्ने, देशलाई यत्रो जोखिममा पु¥याउने व्यक्तिलाई सत्तामा राखिरहनु मुलकको भविष्य माथिनै खतरा हो,‘ पौडेलले भन्नुभयो ‘त्यस कारण उनलाई हटाइ हाल्नुपर्छ, त्यही कुरालाई ध्यानमा राखेर हिँजो हामीले हाम्रो सभापतिलाई पनि भन्यौँ र अन्य पार्टीसँग पनि छलफल ग¥यौँ, उनलाई तत्कालहटाउनु पर्छ ।’
उहाँले मोहम्मद आफताब आलमलाई पार्टीको निर्णय र कुनै नेताको भाषणले छुटाउन नसकिने भन्दै त्यसलाई अदालतले कानुनी प्रक्रियाले टुङ्गोमा पु¥याउने बताउनुभयो ।
‘पार्टीले निर्णय गरेर, कुनै नेताले भाषण गरेर आलमलाई छुटाउन सकिन्न, त्यो त अदालती प्रक्रियाबाट हुने कुरा हो, त्यो कानुनी प्रक्रियाबाट आफै हुन्छ, हामी बोल्नु उचित हुँदैन’ नेता पौडेलले भन्नुभयो ।