पर्यटनमैत्री गाउँ बनाउन सिगानाका ५० स्थानमा सूचना बोर्ड


आदर्श अनलाइन, बागलुङ

जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाले गाउँलाई पर्यटनमैत्री बनाउने अभियान शुरु गरेको छ ।

गाउँमा आउने आन्तरिक र बाह्य पर्यटकलाई गाउँ÷टोलको परिचय दिने गरी वडा कार्यालयले ५० स्थानमा सूचना बोर्ड राखेको छ । गाउँमा आएका मान्छेलाई फरक फरक विशेषता र पहिचान बोकको टोल, बस्ती चिनाउन वडा भित्रका टोल, विद्यालय, स्वास्थ्य चौकी गरी ५० स्थनमा सूचना बोर्ड राखेको बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

“स्थानीयलाई गाउँ÷टोलका विषयमा जानकारी नै छ, तर आगन्तुक पाहुना र पर्यटकलाई अन्योलता पैदा भएको वडा कार्यालयले महशुस ग¥यो” वडा अध्यक्ष जिसीले भन्नुभयो “पर्यटनको विकास गर्ने भनेका छौं, गाउँको परिचय नदिदाँ आएका पर्यटक समस्यामा पर्ने रहेछन्, सूचना बोर्डले म यो स्थानमा रहेछु भन्दा अब कसैलाई सोध्न पर्दैन ।”

वडा कार्यालयले आर्थिक वर्ष २०७७÷७८ छुट्टाएको रु.दुई लाख बजेटमा सूचना बोर्ड निर्माण गरेर ५० स्थानमा राखिएको छ । फलामको पोलमा फलामको पाता प्रयोग गरी राखिएको सूचना बोर्ड निकै टिकाउ र सुरक्षित हुने वडा कार्यालयले जनाएको छ । सुन्तला गाउँका रुपमा परिचय पाएको सिगानामा पछिल्लो समय अवलोकन र भ्रमणका लागि आउने आगन्तुकको उपस्थिति बढ्दो मात्रामा छ ।
बागलुङ नगरपालिकाले सिगानाको बौडेचौरलाई पर्यटकीय गन्तव्य बनाउने गरी योजना अगाडी बढाएको छ । सिगाना वडा कार्यालयले सिगानामा पर्यटक भित्राउने सिगानाको पर्यटकीय क्षेत्र मेटिएको डकुमेन्ट्री समेत वडा कार्यालयले निर्माण गरी सार्वजनिक गरिसकेको छ । सिगाना आउने पर्यटकलाई गाउँ चिनाउनका लागि सूचना बोर्ड राखिएको हो ।

सिगानाको तल्लो भेगमा सुन्तला र उपल्लो भेगमा चिया बगान बनाउने लक्ष्यका साथ बागलुङ नगरपालिकाले विभिन्न अनुदानका योजना समेत ल्याएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

अहिले सुन्तला बगान हेर्न आन्तरिक पर्यटक र बिभिन्न जिल्लाका कृषकहरु सिगाना आउन थालेपछि गाउँ÷टोल चिनाउन सूचना बोर्ड राखिएको हो । वडा कार्यालयले वडा कार्यालयको सिमा शुरु हुने काठेखोला पूलमा वडाको सम्पूर्ण जानकारी सहितको ठूलो सूचना बोर्ड समेत राख्ने तयारी भइरहेको छ । उक्त बोर्डमा सिगानाको पर्यटकीय स्थल, खेतियोग्य जमिन लगायतका जानकारी दिइनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *