सवारीबाट ८ महिनामा उठ्यो १० करोड राजश्व

डम्मर बुढा मगर, बागलुङ
यातायात व्यवस्था कार्यालय धौलागिरी बागलुङले चालु आर्थिक वर्षको सुरुवात ८ महिनामा करिब १० करोड राजश्व संकलन गरेको छ ।

धौलागिरीका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले बील बुक, सवारी अनुमति पत्र लगायतका शीर्षकबाट ९ करोड ७९ लाख ६४ हजार दुई सय ८८ रुपैयाँ राजश्व संकलन गरेको हो ।

सवारी करबाट ७ करोड, ३ लाख ५६ हजार ९ सय ९९ सय, श्रेष्ठले बील बुक तथा सवारी अनुमति पत्रबाट एक करोड ४८ लाख, १६ हजार ६ सय ५५ रुपैयाँ संकलन भएको यातायात व्यवस्था कार्यालय बागलुङका सूचना अधिकारी सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार पञ्जीकरणबाट दुई लाख ५० हजार पाँच सय, बेरुजु बापतको १९ हजार चार २८, पकेट रुट परमिट मार्फत ४१ लाख ८९ हजार २ सय लगायत विभिन्न शीर्षकबाट ९ करोड ७९ लाख ६४ हजार दुई सय ८८ रुपैयाँ राजश्व संकलन भएको छ ।

यातायात कार्यालयले साउन महिनामा एक करोड ४६ लाख ३ सय ५३, भदौ महिनामा ४४ लाख ६० हजार १ सय ८५, असोजमा दुई करोड छ लाख १५ हजार १ सय ५५, कात्तिकमा ७९ लाख ९९ हजार ७ सय ५, मंसिरमा एक करोड ४९ हजार, २३ हजार २ सय ५०, पुसमा एक करोड ३७ लाख, ३६ हजार ३ सय ३०, माघमा एक करोड १९ लाख ९७ हजार २ सय ५५ र फागुनमा एक करोड पाँच लाख ६५ हजार ५५ रुपैयाँ संकलन गरेको उहाँको भनाई छ ।

यातायात व्यवस्था कार्यालयले तयार पारेको तथ्याङ्कलाई हेर्दा सबै भन्दा बढी राजश्व असोज महिना र सबैभन्दा कम भदौ महिनामा संकलन भएको देखिन्छ । भदौ महिनामा ४४ लाख ६० हजार १८५ र असोज महिनामा दुई करोड छ लाख १५ हजार १५५ रुपैयाँ संकलन भएको छ ।

कार्यालयले सबै भन्दा बढी सवारी कर माफर्त बढी राजश्व असुली गरेको छ भने सबै भन्दा कम बेरुजु बापतको रकम संकलन गरेको छ । सवारी करबाट सात करोड, तीन लाख ५६ हजार नौँ सय ९९ सय रुपैयाँ र बेरुजुबाट १९ हजार चार २८ रुपैयाँ असुलेको छ ।

बागलुङमा संचालन हुने लाइसेन्सको परीक्षाबाट ३ हजार १ सय २ जनाले लाइसेन्स प्राप्त गरेका छन् । जस मध्ये दुई हजार १ सय ३५ जनाले मोटर साइकल र नौँ सय ६७ जनाले स्कुटरको लाइसेन्स प्राप्त गरेको श्रेष्ठको भनाई छ ।

लाइसेन्स वितरणबाट यातायात कार्यालयले २१ लाख ३३ हजार रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । यस्तै एक हजार ६५६ जनाले सवारी अनुमति पत्रको नविकरण गरेका छन् । जसबाट ५७ लाख १८ हजार राजश्व संकलन भएको छ ।

यस अवधीमा ९८ जनाले अनुमतिपत्र हराएको र प्रतिलिपि सहित नविकरण गरेका छन् । जसबाट ४ लाख ५७ हजार ५०० राजश्व संकलन भएको छ । यस कार्यालयबाट मुस्ताङ जिल्लाका सेवाग्राहीले कम सेवा लिने गरेको, बागलुङ, पर्वत र म्याग्दी जिल्लाका सेवाग्राही बढी आउने गरेको सूचना अधिकारी श्रेष्ठको भनाई छ ।

अन्य ठाउँमा सवारी अनुमति पत्रका लागि परीक्षा दिनेहरुको संख्या बढी भए पछि बागलुङमा पनि अन्य जिल्लाबाट आउने संख्या बढी भएको उहाँको भनाई छ । श्रेष्ठका अनुसार धौलागिरीका चार जिल्ला बाहेक पोखरा, बुटवल, स्याङ्जा, पाल्पा लगायतका स्थानबाट ट्रयाल दिन आउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *