गलकोट घटना : आमा छोरा विरुद्ध मृतकका दाजुले दिए उजुरी

आदर्श अनलाईन, बागलुङ

बागलुङमा छोरा संग मिलेर श्रीमानको हत्या भएको आशंकामा गलकोटका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १ गते राती घरमा विवाद हुँदा आमा छोरा मिलेर गलकोट नगरपालिका–४ चमुवामा ४० वर्षीय धन बहादुर सार्कीलाई निर्घात कुटपिट गरे । घाइते भएको सार्कीकलाई उपचारमा नलगी घरमै राखे ।

३ गते मात्रै सार्कीको निधन भए गाउँलेले आशंका गरे, प्रहरी घटनास्थलमा पुगेर छानवन शुरु ग¥यो । घटना अनुसन्धानकै क्रममा रहेपनि आमा छोरा मिलेर हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले आमा छोरा लाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

“मदिरा सेवनका कारण घरायसी विवाद आएको देखिन्छ, आमाछोराले कुटपिट गरेपछि लडेर चोट लागेको जस्तो बनाउन थालेका रहेछन्” हवारीले भन्नुभयो “३ गते मृत्यु भइसकेपछि छिमेकिले थाहा पाए, शरिरमा चोटपटक रहेछ, अनुसन्धानका क्रममा काठको आउलो प्रहार गरेको पाइएको छ, थप अध्ययन भइरहेको छ ।”

आमा, छोरा मिलेर बुबाको हत्या गरेको भन्दै मृतकका दाजुले प्रहरीमा उजुरी दिएपछि प्रहरीले मृतकका श्रीमती चमुवाकी ३८ वर्षीय कुमारी सार्की र उनका २० वर्षीय छोरा अनिल सार्कीलाई पक्राउ गरेको जनाएको छ । श्रीमान् ४० वर्षीय धनबहादुर सार्कीलाई कुमारीले छोरासँग मिलेर चैत १ गते निर्घात कुटपिट गरि घरमै लुकाइ राखेको भएपनि चैत ३ गते धनबहादुरको निधन भएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

मृतकका दाजु ६० वर्षीय जुठे सार्कीले आरोपित मृतकका श्रमिती कुमारी सार्की र उनका २० वर्षीय छोरा अनिल विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गराउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *