पौड्याललाई ‘काजी रोशन साहित्य पुरस्कार’, ‘बम–सरस्वती’ लाकोजूलाई


आदर्श अनलाइन, बागलुङ

धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङमा स्थापित ‘काजी रोशन साहित्य पुरस्कार’ यस वर्ष साहित्यकार डा षडानन्द पौड्याललाई प्रदान गरिने भएको छ । उहाँको समालोचनात्मक कृति ‘काजी रोशनको काव्य साधना’का लागि सो पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि रु. १५ हजार छ ।

यस्तै प्रतिष्ठानद्वारा सञ्चालित ‘बम–सरस्वती स्मृति पुरस्कार’ काभ्रेपलाञ्चोकका साहित्यकार सुर्यप्रसाद लाकोजूलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि रु. दश हजार छ ।

प्रतिष्ठान, प्रबन्ध समितिको आज बसेको बैठकले यही चैत १७ गते आयोजना हुने समारोहमा पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । दुवै पुरस्कार दुई÷दुई वर्षको अन्तरमा वितरण गर्ने गरिन्छ । साहित्य रचना र प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गरेका कवि÷साहित्यकारलाई पुरस्कृत गर्ने गरिएको प्रतिष्ठानले जनाएको छ ।

सोही समारोहमा संस्थागत विकासमा योगदान पु¥याएबापत प्रतिष्ठानका संस्थापक सदस्यसचिव चन्द्रनरसिँह राजभण्डारी र पूर्वकार्यवहाक सदस्यसचिव राधिका कल्पितलाईसमेत सम्मान गरिने भएको छ । कल्पितको कविता कृति ‘बरफका कोइलाहरु’ पनि त्यही अवसरमा विमोचन गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *