बढ्यो कोरोना जोखिम : उच्च सर्तकता अपनाउन प्रशासनको आग्रह


–आदर्श अनलाइन, बागलुङ

पछिल्लो समय कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार कारोना बढेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बुधबार जनहितमाजारी १३ बुँदे सूचना प्रकाशित गर्दै भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न र फागु पूर्णीमामा भीड नगर्न आग्रह गरेको छ ।

प्रशासनले पहिला बनाएको क्वारेन्टिन र आइसोलेशन तयारी अवस्थामा राख्न, स्वास्थ्य संस्थाले प्रभावकारी समन्वय गर्न, विद्युतीय माध्यमबाट कोरोना सचेतना अपनाउने सन्देश प्रकाशन गर्न, माक्स, स्यानिटाइजर तथा सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

माक्स नलगाउनेलाई कार्वाही गर्ने, रात्रिकालिन सेवा सञ्चालनमा समय निर्धारण गर्ने, सिमा नाका बाट आउनेलाई कडाइका साथ चेकजाँच गर्ने, स्वास्थ्य परिक्षण भए नभएको हेर्ने, भेला तथा जमघटमा अनिवार्य सामाजिक दुरी कायम गर्ने, सबै सार्वजनिक स्थल तथा कार्यालयहरुमा अनिवार्य हात धुने व्यवस्थापन गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *