होली खेल्ने क्रममा विवाद, निसीखोलाका २ युवाको मृत्यु

आदर्श अनलाइन, बागलुङ

बागलुङ निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा २ जनाको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ का युवाहरु बिच विवाद हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना सम्पर्क बिहीन भएको निसीखोला गाउँपालिका
वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो ।

बडिगाडका युवाहरुले कुटपिट गरि भिरबाट खसाल्दा निसीखोला–७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको मृत्यु भएको अध्यक्ष कुँवरको भनाई छ । उनीहरुको शव तारे भिरमा फेला परेको उहाँको भनाई छ ।

घटना स्थल तर्फ इलाका प्रहरी बुर्तिबाङको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *