झडपमा मृत्यु भएका कुँवर र दमाइको शव पोस्टमार्टमका लागि बुर्तिबाङ लगियो

आदर्श अनलाइन, बागलुङ

निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा भएको झडपमा परी मृत्यु भएका निसीखोलाका २ युवाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइएको छ ।

आइतबार होली खेल्ने क्रममा झडपमा परि मृत्यु भएका निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाइको शवलाई पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १३ जना सम्पर्कविहीन भएको अझै पुष्टि नभएको हवारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *