सालझण्डी–ढोरपाटन सडक पुनःनिर्माण गर्न ६० करोड बिनियोजन

आदर्श अनलाइन, बागलुङ
जिल्लाको ढोरपाटन नगरपालिकामा २०७७ भदौं १७ गते राती आएको बाढीले क्षति गरेको राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक पुनःनिर्माणको लागि रु. ६० करोड बजेट स्विकृत भएको छ ।

नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे पछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको थियो । बाढीमा परेर २३ जनाको मृत्यु भएको थियो भने १५ जना अझै वेपत्ता छन् ।

बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडक बगरमा परिणत गराएको थियो । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले ढोरपाटन नगरपालिकाको समन्वयमा झण्डै पाँच करोड खर्चेर सडक एक मिहनापछि सुचारु गरेको थियो ।

उक्त सडक पुनःनिर्माण गर्नका लागि झण्डै रु. ६० करोडको डिपिआर तयार गरी पठाइएकोमा राष्ट्रिय योजना आयोगको भौतिक पूर्वाधार तथा शहरी विकास शाखाले भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा रु. ६० करोड २१ लाख रकमको बहुवर्षीय ठेक्का स्विकृत गरी पठाएको छ । ठेक्का स्विकृत संगै बागलुङ जिल्लामा पर्ने उक्त बुर्तिबाङदेखि दवालसम्मको १० किलोमिटर सडक पुननिर्माण हुँनेभएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख विरेन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो ।

“आयोजनाले सडक पुनःनिर्माणका लागि लागत अनुमान सहित डिपिआर बनाएर पठाएको थियो, अहिले ठेक्का स्विृकत भएको छ” गौतमले भन्नुभयो “मुलत बाढीका कारण क्षतविक्षत भएको सडक मर्मत गरी पुरानै अवस्थामा ल्याइनेछ ।”

ढोरपाटन नगरपालिका–७ दोगाडीबाट अबरुद्ध भएको सडक बोबाङ गाउँ बाहेक बाढीले बगाएको शुरुको गाउँ दवाल सम्मको सडक ठाउँ–ठाउँमा बगाएको थियो ।

सडक भएको स्थानमा भूजीखोलाको बाढी आए पछि दुई किलोमिटर पैदल मार्ग समेत बगाएको थियो । सालझण्डी ढोरपाटन सडक आयोजनाका इञ्जिनियर सुरेश चौधरी सहितको समूहले गत भदौ २१ गते बाढीले क्षती पु¥याएको उक्त सडकको स्थलगत निरिक्षण गरी सडक पुनःनिर्माणका लागि संघीय सरकारमा डिपिआर पठाइएको थियो ।

बोबाङ गाउँदेखि माथी भूजीखोलाले पहाडको कुना सम्मै १२ स्थानको करिब १० किलोमिटर सडक बगाएर भूजिखोलामा मिसाएको थियो । सडक पुरानै अवस्थामा फर्काउनका लागि र आगमी दिनमा बाढीका कारण थप क्षति हुन नदिनेगरी सडक पुननिर्माण गर्नका लागि ठेक्कास स्विकृत भएको आयोजनाका इन्जिनियर सुरेश चौधरीले जानकारी दिनुभयो ।

सरकारको प्राथमिकरणको आयोजना मध्येको एक सालझण्डी ढोरपाटन सडक जतिसक्दो छिटो पुननिर्माण गर्नका लागि सरकारले चासो दिएर बजेट बिनियोजन भएकोमा स्थानीय खुसी भएका छन् । अहिले अस्थायी मर्मत गरीएको सडक निकै साँघुरो तथा समस्याग्रस्त रहेको छ । निरन्तरको पहलकदमीपछि सरकारले सडक पुननिर्माण गर्नका लागि बजेट बिनियोजन भएको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो ।

“यो आयोजनाले ढोरपाटनमा आएको बजेट अन्यत्र खर्च नगरोस भन्ने हाम्रो चाहना छ, उक्त बजेटले नभ्याए थप बजेट ल्याएर भएपनि बुर्तिवाङदेखि ढोरपाटन सम्म सडक कालोपत्रे गर्नु आवश्यक छ” नेपालीले भन्नुभयो ।

भूजीखोला बाढी पश्चात धार परिवर्तन गरेका कारण सर्वप्रथम नदीलाई पुरानै अवस्थामा फर्काएर सडक निर्माण गर्न आवश्यक रहेको छ । बाढीले ठूला–ठूला ढुङ्गा बगाएर सडकमा ल्याएको र कुनै स्थानमा चट्टान कटान गर्नुपर्ने भएकाले सडक पुरानै अवस्थामा ल्याउन धेरै खर्च लागेका कारण बजेट माग गर्दा यत्रो समय लागेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *