सामूहिक झडप प्रकरणः मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि

आदर्श अनलाइन, बागलुङ
होली खेल्ने क्रममा सामूहिक झडप पश्चात ज्यान गुमाएका दुवैको शव बुधबार अन्त्येष्टि गरिएको छ ।
गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ७ र बडिगाड गाउँपालिका वडा नम्बर १० को सिमाना बल्देधुरीमा दुई गाउँका यूवा बिच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।

उनीहरुको शव सोमबार बुर्तिबाङ पोष्टर्माटका लागि लगिएको थियो । पोस्टमार्टम भए पनि घटनामा संलग्न दोषीलाई पक्राउ नगर्दा सम्म परिवार शव बुझ्न मानेका थिएनन् ।

बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन् । शव बुझे पछि परम्परागत रुपमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवरले बताउनुभयो । दर्लिङ खोलामा कुँवर र दमाईको अन्तिम दाहसंस्कार गरिएको छ ।

उनीहरुको पार्थिव शरीरमा नेपाली कांग्र्रेसको झण्डा ओढाएर कांग्रेस जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवर लगायत नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दमाई सक्रिय कार्यकर्ता हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *