बागलुङमा थप ५ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ का ५३ वर्षीय महिला, वडा नम्बर ३ का ३१ र २५ वर्षीय पुरुष, वडा नम्बर ४ का १४ वर्षीय पुरुष र १८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

बागलुङमा हाल १८ जना सक्रिय संक्रमित छन् । सबै होम आइशोलेसनमा रहेको बताइएको छ । बागगलुङमा कोरोना संक्रमित हुनेको संख्या १०१५ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *