पत्रकार महासंघ गण्डकी प्रदेशमा बागलुङका ८ पत्रकारको उम्मेदवारी

आदर्श अनलाईन, बागलुङ
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिमा बागलुङका ८ पत्रकारले उम्मेदवारी दर्ता गराएका छन् ।

आगमी २५ गते हुने केन्द्र, प्रदेश तथा जिल्लाको निर्वाचनका लागि आज नेपालका सातै प्रदेश समितिको मनोनयन दर्ता गर्ने निर्वाचन तालिका अनुसार बागलुङका ८ पत्रकारले विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।

बागलुङबाट नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष गण्डकी प्रदेश महासचिव पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै खुल्ला सदस्यमा बागलुङका पत्रकार ताराप्रसाद शर्मा ‘स्टार’, लोकेन्द्र सुनार, कृष्ण कंडेल, थम्मन थापाले उम्मेदवारी दिनुभएको छ । यस्तै महिला सदस्यमा रन्जिता शर्मा, दलित सदस्यमा रबिना बोहरा र अल्पसंख्यक सदस्यमा पदम छन्त्यालले उम्मेदवारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *