बडिगाड बम विस्फोटमा गम्भीर घाइते भएका रानाको मृत्य

आदर्श अनलाइन, बागलुङ
बडिगाड गाउँपालिका २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएका मध्ये एक युवकको मृत्यु भएको छ ।

गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्र बहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बडिगाड गाउँपालिका २ का २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *