आदर्श सञ्चार र नेपा बहुउद्देश्यीय सहकारी बीच अन्तरक्रिया : असल अभ्यासको अनुशरण र कमजोरी सुधारमा जोड

आदर्श अनलाइन, बागलुङ
सुनसरी जिल्लाको इटहरीमा सञ्चालित नेपा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सञ्चालकहरुबीच मंगलवार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी अध्ययन अवलोकन भ्रमणमा आएको नेपा बहुउद्देश्यीयको टोली र आदर्श सञ्चार सहकारी संस्थाको टोलीबीच सहकारीका सवल पक्ष, सुधार गर्नु पर्ने पक्ष र आगामी योजनाका बारेमा छलफल भएको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।

सहकारीका असल अभ्यासलाई थप प्रभावकारी बनाउदै अगाडि बढाउने र सहकारीमा देखिएका समस्याहरुको समाधानका लागि ऐक्यवद्धता जनाउनु पर्नेमा सहभागीहरुबीच छलफल भयो, अध्यक्ष जिसीले भन्नुभयो–सहकारी क्षेत्रमा देखिएका कानुनी समस्याका बारेमा अभियानमार्फत समन्वय गर्नु पर्दछ ।

कार्यक्रममा भ्रमण टोलीका सदस्य, राष्ट्रिय सहकारी महासंघका लेखा सुपरीवेक्षण समितिका सदस्य तथा नेपा बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष सोम बहादुर जिसीले कानुनत बहुउद्देश्यीय लगायत वचत तथा ऋण बाहेकका सहकारीहरुका लागि सहकारी ऐनमा रहेको मुख्य कारोबारमा रहेको ७०/३० प्रतिशतको वाधा हटाउनु पर्नेमा जोड दिनुभयो ।

नेपा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चित्रमान प्रधानले सहकारीहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन सहकारी स्तरीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । नेपा बहुउद्देश्यीय सहकारीले राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम अन्तरगत केयर कार्यक्रममा सहभागी भई अगाडि बढेको भन्दै त्यसले सहकारीका राम्रा पक्षको थप प्रभावकारीता र कमजोरीलाई सधार गरी अगाडि बढ्न सहयोग गरेको जानकारी दिनुभयो ।

आदर्श सञ्चार सहकारी संस्थाको विगत, वर्तमान र आगामी योजनाका बारेमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।
भेटघाट तथा छलफल कार्यक्रम संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, सल्लाहकार रुद्र बहादुर महतको स्वागत र सम्पादक राम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच नेपा बहुउद्देश्यीय सहकारी संस्थाको टोलीले मंगलवार नै लहरेपीपल बहुउद्देश्यीय सहकारी संस्था, कमर्शियल बहुउद्देश्यीय सहकारी संस्था, एकता सहकारी संस्था र शंखधर बहुमुखी सहकारी संस्थाको अवलोकन गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *